गैँडाकोट-अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (OCEM) द्वारा आयोजना हुन लागेको “OCEM SEE Fest 2083” केही दिन पर सारिएको छ।यसअघि वैशाख २२, २३ र २४ गते सञ्चालन हुने तय भएको कार्यक्रम सहभागीहरूको मागलाई ध्यानमा राख्दै अब वैशाख २५, २६ र २७ गते सञ्चालन हुने गरी मिति परिवर्तन गरिएको कलेजले जनाएको छ।
“Our Vision is to Serve Your Mission” भन्ने नारासहित आयोजना हुने उक्त महोत्सव SEE परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई लक्षित गरिएको हो। महोत्सवमार्फत विद्यार्थीहरूलाई मनोरञ्जनसँगै सिकाइ, नेटवर्किङ तथा प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रमअन्तर्गत बास्केटबल प्रतियोगिता, फुड स्टल, हाजिरीजवाफ, ‘Reel It’ (फोटोग्राफी/भिडियो प्रतियोगिता) तथा नृत्य प्रतियोगिता जस्ता गतिविधिहरू यथावत रूपमा सञ्चालन हुनेछन्।आयोजकले नयाँ मिति अनुसार सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई सहभागी हुन आग्रह गरेको छ।


उज्यालो खबर