नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१ लोकहा स्याउलीस्थित एक मकैबारीमा भाले गैँडा मृत अवस्थामा फेला परेको छ।
स्थानीय भिम बहादुर दर्जी को मकैबारीमा अन्दाजी ३०–३५ वर्ष उमेरको जस्तो देखिने भाले गैँडा बिहान करिब ७ः४५ बजे मृत अवस्थामा फेला परेको हो। घटनाबारे बिहान ८ः३० बजे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
घटनास्थलमा डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती तथा इलाका वन कार्यालय रजहर का कर्मचारीसमेत पुगेका छन्।
प्रारम्भिक निरीक्षणका क्रममा गैँडाको शरीरमा कुनै बाहिरी घाउचोट वा चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। गैँडाको मृत्युको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।





उज्यालो खबर



