नवलपुर। कावासोतीबासी उपभोक्ताहरूको भविष्य र शुद्ध खानेपानीको ग्यारेन्टी गर्ने ‘कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था’को नयाँ नेतृत्व चयनका लागि भोलि (शनिबार) मतदान हुँदैछ। निर्वाचनको पूर्वसन्ध्यामा निष्कलंक छवि, स्थापित सामाजिक व्यक्तित्व एवं विकासप्रेमी नेता हेमप्रसाद पाण्डे (हेमु) को पक्षमा सम्पूर्ण ६ वटै वडामा अभूतपूर्व जनलहर देखिएको छ। “राजनीति र सामाजिक क्षेत्र पेसा होइन, विशुद्ध सेवा हो” भन्ने मान्यतालाई जीवनमै लागू गरेर देखाउनुभएका पाण्डेको पक्षमा ७ हजार ९ सय ९१ उपभोक्ता (मतदाता) हरू खुला रूपमा उत्रिएका छन्। विशेषगरी उहाँको “म पद ओगट्न होइन, प्रणाली सुधार्न आएको हुँ; केवल एक कार्यकालका लागि मात्र नेतृत्वमा आउन खोजेको हुँ” भन्ने निःस्वार्थ घोषणाले कावासोतीका आम नागरिकमा उहाँप्रतिको भरोसा र जितको सुनिश्चितता अझ चुलिएको छ।
हेमु पाण्डेको परिवार वि.सं. २०१७ सालदेखि नै कावासोती वडा नं. ६ मा बसोबास गर्दै आएको यस क्षेत्रकै एउटा सम्मानित र प्रतिष्ठित परिवार हो। उहाँका बुवा र बाजे दुवैले लामो समयदेखि यस क्षेत्रका नागरिकको स्वास्थ्योपचार (चिकित्सा सेवा) गर्दै असाधारण मानवीय कार्य गर्नुभएको थियो। बुवा-बाजेले बिरामीको सेवा गरेर कमाएको त्यही अगाध श्रद्धा र संस्कारको जगमा हुर्किनुभएका पाण्डेले आज पनि हरेक दिन गरिब, असहाय र दिनदुःखीहरूलाई व्यक्तिगत रूपमा सहयोग गर्दै आउनुभएको छ। समाजसेवा उहाँका लागि कुनै चुनावी नारा होइन, पुर्ख्यौली विरासत हो।
भोट मागेर वा पदमा पुगेर व्यक्तिगत स्वार्थ पूरा गर्ने प्रवृत्तिको विपरित पाण्डे आर्थिक रूपमा पूर्ण आत्मनिर्भर र सफल व्यवसायी हुनुहुन्छ। उहाँका विभिन्न व्यावसायिक प्रतिष्ठानहरूमा हाल २५० जनाभन्दा बढी स्थानीय नागरिकले प्रत्यक्ष रोजगारी पाएका छन्। समाजलाई केवल भाषण मात्र दिने नेताहरूका बीचमा २५० भन्दा बढी परिवारको चुल्हो बाल्ने आर्थिक सारथी बन्नुभएका पाण्डेको यही सुदृढ प्रबन्धकीय क्षमता र इमानदारितालाई खानेपानी संस्थाको विकासमा उपयोग गर्न उपभोक्ताहरू आतुर देखिन्छन्। विगतमा वडाध्यक्ष रहँदा राज्यबाट पाउने सम्पूर्ण तलब, भत्ता र सरकारी सुविधा समेत गरिब र असहायको सेवामा खर्चिएर त्यागको नयाँ भाष्य निर्माण गर्नुभएका पाण्डे यसपटक खानेपानी संस्थाको कायापलट गर्ने स्पष्ट योजनासहित चुनावी मैदानमा हुनुहुन्छ।
नेतृत्वमा पुगेपछि कावासोती खानेपानीलाई नेपालकै नमूना, पारदर्शी र उपभोक्तामैत्री संस्था बनाउन हेमप्रसाद पाण्डे (हेमु) ले अघि सार्नुभएका मुख्य योजना र प्रतिबद्धताहरू यस प्रकार छन्:
-
सबल आर्थिक आधार: आफ्ना व्यावसायिक प्रतिष्ठानहरू मार्फत २५० जनाभन्दा बढी स्थानीय नागरिकलाई प्रत्यक्ष रोजगारी प्रदान।
-
पूर्वाधारको आधुनिकरण: नगरमा बन्ने पक्की सडकहरूको दुवैतर्फ व्यवस्थित पाइपलाइन विस्तार गरिने र वर्षौँ पुराना, जीर्ण भइसकेका पाइपलाइनहरूलाई पूर्ण रूपमा प्रतिस्थापन (फेरेर) गरी नयाँ तथा गुणस्तरीय पाइप जडान गरिने।
-
उपभोक्तालाई सोझै राहत: नेतृत्व सम्हालेपछि सामुदायिक विद्यालयहरूमा खानेपानी पूर्ण रूपमा निःशुल्क गर्ने पहिलो निर्णय हुने। साथै, आम उपभोक्तालाई मासिक ५ हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराइने।
-
महिला सम्मान र सहुलियत: महिलाको नाममा नयाँ धारा जडान गर्दा २५०० रुपैयाँ छुट दिइने र खानेपानीको धारा नामसारी गर्दा लाग्ने शुल्क पूर्ण रूपमा निःशुल्क बनाइने।
-
सुरक्षा र दीर्घकालीन मुहान संरक्षण: केरुङ्गे खोलाको मुख्य मुहानको दीर्घकालीन संरक्षण र वैकल्पिक स्रोतको विकास गरिने। साथै, आगलागी जस्ता विपद् व्यवस्थापनका लागि नगरका मुख्य बुँदाहरूमा दमकलमा तुरुन्त पानी भर्न मिल्ने ‘फायर हाइड्रेट’ प्रणाली जडान गरिने र मुख्य प्रवेशद्वारमा अपाङ्गमैत्री आधुनिक शौचालय बनाइने।
-
एक कार्यकालको संकल्प: पदको कुनै लोभ नभएको र केवल एक कार्यकाल मात्र नेतृत्व सम्हालेर संस्थालाई एउटा नयाँ उचाइमा पुर्याई नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने दृढ अठोट।
विगतको निष्कलंक इतिहास, संकटका बेला (विशेषगरी कोभिड महामारीमा सीमानाकाबाट नागरिकको उद्धार र राहत) पुर्याएको २४ सै घण्टा उपलब्ध हुने योगदानका कारण हेमप्रसाद पाण्डे (हेमु) नै भोलिको निर्वाचनको एकमात्र र निर्विकल्प योग्य उम्मेदवार हुनुहुन्छ। कावासोती खानेपानीको समग्र सुधार र आफ्नो अधिकारका लागि भोलि हुने मतदानमा उपभोक्ताहरूले विवेकपूर्ण निर्णय गर्दै हेमु पाण्डे र उहाँको प्यानललाई अत्यधिक मतका साथ विजयी गराउने निश्चित देखिएको छ।


उज्यालो खबर