×

नवलपुर विशेष

देवचुलीका कोरोना संक्रमित पुुरुषको मृत्यु

देवचुलीका कोरोना संक्रमित पुुरुषको मृत्यु
नवलपुर । पूर्वि नवलपरासीका  कोरोना संक्रमित एक पुरुषको गएराति मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नं. १ का ७८ वर्षका पुरुषको गएराति १०ः३० वजे मध्यविन्दु अस्पतालमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिए । उच्च ज्वरो आएपछि हिजो अस्पताल भर्ना भएका उनको एन्टीजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यो खबर तयार पार्दा सम्म  वृद्धको शव अस्पतालमै छ ।

नवलपुर प्रहरीद्वारा ६७ थान अक्सिजन सिलिन्डर संकलन

नवलपुर प्रहरीद्वारा ६७ थान अक्सिजन सिलिन्डर संकलन
नवलपुर। जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जिल्ला भित्रका विभिन्न व्यवसाय गर्नेहरु बाट ६७ खाली अक्सिजन सिलिन्डर संकलन गरेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको अनुरोधमा जिल्लाका विभिन्न स्थानमा व्यवसाय सन्चालन गरेका व्यवसायी बाट ३३ थान अक्सिजन सहित तथा ३४ थान खाली सिलिन्डर संकलन गरेको संकलन भएका सिलिन्डरहरु जिल्ला प्रहरी कार्यालयको मातहतमा राखिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए । संकलन गरिएका सिलिन्डरहरु जिल्ला...

नवलपुरमा थप ४५ जनामा कोरोना संक्रमण

नवलपुरमा थप ४५ जनामा कोरोना संक्रमण
गैँडाकोट । नवलपरासी (पूर्व) मा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको स्वाब परिक्षणमा ४५ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश  स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कोरोना संक्रमित भएकाहरु मध्ये सबैभन्दा धेरै कावासोती नगरपालिकाका रहेका छन । कावासोती नगरपालिकाका २२ देवचुली नगरपालिकाका १०, मध्यविन्दु नगरपालिकाका ५,विनयी त्रिवेणी गाउँपालिकाका ४, हुप्सेकोट गाउँपालिकाका २ र गैँडाकोट नगरपालिकाका २ जना रहेका छन ।

भरतपुर अस्पतालमा रत्ननगर र गैंडाकोटका कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा रत्ननगर र गैंडाकोटका कोरोना संक्रमितको मृत्यु
नवलपुर । चितवनको भरतपुर अस्पतालमा थप दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र नवलपरासी सुस्ता पूर्व गैंडाकोटका एक जना रहेका छन् । अस्पतालमा उपचारको क्रममा गैंडाकोट नगरपालिका–११ मुन्नाटोल बस्ने ९४ वर्षीय पुरुषको आज विहान १ः४५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । उनलाई वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो । यसैगरि गयराति चितवनको रत्ननगर नगरपालिका–१३ जयमंगलाका ६२ वर्षीय पुरुषको मृत्...

नवलपुरमा शुक्रबार तीनजना कोरोना संक्रमितको मृत्यु

नवलपुरमा शुक्रबार तीनजना कोरोना संक्रमितको मृत्यु
गैँडाकोट । पूर्वि नवलपरासीमा शुक्रबार (आज) मात्रै कोरोना भाईरस का कारण तीन जनाको मृत्युु भएको छ । जिल्लाको कावासोती नगरपालिकाका २ जना र मध्यविन्दु नगरपालिकाका एकजना कोरोना संक्रमितको उपचारको क्रममा अस्पतालमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । कावासोती नगरपालिका वडा नं. ८ कि ५२ वर्षीया महिला र वडा २ का ५८ वर्षका पुरुषको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्युभएको स्वास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिनुभयो । त्यस...

कोरोना संक्रमणबाट एकै घरका तीन दाजुभाइको मृत्यु

कोरोना संक्रमणबाट एकै घरका तीन दाजुभाइको मृत्यु
रासस बाँके । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो । आज विहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । सात दाजुभाई मध्ये जहीर कान्छा , एजाज राइलो र इम्तियाज काइलो ...

नवलपुरका कोरोना संक्रमित पुरुषको भरतपुरमा मृत्यु

नवलपुरका कोरोना संक्रमित पुरुषको भरतपुरमा मृत्यु
गैँडाकोट । पूर्वि नवलपरासीको मध्यविन्दुका कोरोना संक्रमित पुरुषको आज विहान मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका वडा नं. १२ का ७० वर्षीय पुरुषको आज विहान भरतपुर अस्पतालमा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) का अनुसार बैसाख २२ गते अस्पताल भर्ना भएका उनमा सोहि दिन कोरोना पुष्टि भएको थियो । भेन्टिलेटरमा उपचाररत उनको आज विहान पौने ७ वजे मृत्यु भएको हो ।

चितवनका थप ८६ जनामा कोरोना संक्रमण

चितवनका थप ८६ जनामा कोरोना संक्रमण
चितवन । चितवनका थप ८६ जनामा कोरोना भाइरस ९कोभिड १९ संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका ८६ जनासहित ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका सबैभन्दा धेरै ७२ जना रहेका छन् । जसमध्ये ३८ जना पुरुष र ३४ जना महिला रहेका छन् । उनीहरु ७ देखि ९० वर्ष उमेर समूहका रहेका छन् । यस्तै रत्ननगर नगरपालिकाका ८, खैरहनीका १ र कालिका नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको प...

महामारीमा भ्रम छर्दै भरतपुर महानगरपालिका ; गर्दै नगरेको कामको हाेहल्ला

महामारीमा भ्रम छर्दै भरतपुर महानगरपालिका ; गर्दै नगरेको कामको हाेहल्ला
कुलप्रसाद काफ्ले चितवन ।भरतपुर । कोरोना संक्रमितलाई एम्बुलेन्समा निःशुल्क अस्पतालसम्म पु¥याउने अभियान थालेको भन्दै भरतपुर महानगरपालिकाको मेलबाट बुधबार विभिन्न सञ्चारमाध्यममा समाचार गयो । संक्रमितलाई बोक्न दुई वटा एम्बुलेन्स स्टयण्डबाई राखिएको समाचारमा दाबी गरिएको थियो ।संक्रमितलाई ‘घरबाटै अस्पतालसम्म लैजाने व्यवस्था’ भन्ने समाचार केहि मिडियामा आएपछि महानगर प्रमुख रेनु दाहाललाई धेरैले धन्यवाद दिए । कोभिड–१९ रोकथाममा महानगरको लोकप्रिय कदम भन्दै गरेको प्रचार गलत भएको कुरा बिह...