निषेधाज्ञाको अवज्ञा गरेको भन्दै कावासोतीका दुई व्यवसायी पक्राउ
नवलपुर । कोभिड १९ संक्रमण रोकथामका लागी जारी निषेधाज्ञा उल्लंघन गरी पसल खोलेको भन्दै नवलपुरमा २ जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार सम्झाई बुझाई गर्दा समेत अटेर गरेर पसल सञ्चालन गरेपछि उनिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा चितवन राप्ती न.पा. वडा नं. १ घर भई हाल कावासोती ३ बस्दै आएका ३३ बर्षका पुर्ण बहादुर श्रेष्ठ र पर्वत देउपुर गा.पा. वडा नं. २ घर भई हाल कावासोती ३ बस्दै आएका २० वर्षका बिनोद क्षेत्री रहेका छन् ।उनी...


