×

नवलपुर । गएको शनिबार राती  पाैने ९ बजेदेखी बेपत्ता भएका  नवलपुरको मध्यबिन्दु ३ चौराहाका ५१ बर्षिय मनिराम पन्थीको शव भेटिएको छ । उनको शव सोमबार साँझ मध्यबिन्दु ३ रतनपुरस्थित नारायणी नदी किनारमा साँझ ६ः३० बजे फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।

घटना बारे थप अनुसन्धान भइरहेको र पन्थीको पोष्टमार्टमका लागी मध्यबिन्दु जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । हत्या वा आत्महत्या भन्ने बिषयमा पोष्टमार्टम पछिमात्र थाहा हुने प्रहरीले बताएको छ । पन्थी हराएकाे बारे उज्यालाे खबरले समचार प्रकाशन गरेकाे थियाे ।

तपाईको प्रतिक्रिया