चितवन । विगत २४ घण्टामा चितवनमा कोरोना संक्रमणबाट १३ जनाले ज्यान गुमाएका छन् ।स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा ४ जना, चितवन मेडिकल कलेजमा ४ जना, पुरानो मेडिकल कलेजमा ३ जना र अन्य आइसोलेसन केन्द्रमा २ जनाको मृत्यु भएको छ ।
त्यसैगरी चितवनका विभिन्न अस्पतालको आईसीयूमा २०४ जना, भेन्टिलेटरमा ५३ जना, एचडीयूमा ६३ जना, जेनरल बेडमा १६३ जना गरी जम्मा ४३१ जना बिरामी अस्पतालमा उपचाररत छन् । त्यसैगरी विभिन्न अस्पतालबाट विगत २४ घण्टामा ५५ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।