नवलपुर । नवलपुर जिल्लामा निषेधाज्ञा थपिएको छ । आज बसेको विपत व्यवस्थापन समितिको बैठकले जेठ २४ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा थप गर्नका लागि सिफारिस गरेकाे हाे । विपत व्यवस्थापन समितिको सिफारिस अनुसार भोलि जेठ १४ राति १२ बजेसम्म लागु गरिएको निषेधाज्ञा अब जेठ २४ गते राति १२ बजे सम्मका लागि थप गरिने जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनु भयो ।
पंगेनीले बल्ल जिल्लामा संक्रमणको दर र निको हुने दर उस्तै हाराहारीमा रहेकाले निषेधाज्ञामा कडाईका साथ नै पालना गर्ने गरि निर्णय भएको बताउनु भयो ।यसपटककाे निषेधाज्ञालाई कडाईका साथ लागु गराउने प्रशासनकाे याेजना छ ।