Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गोविन्द घिमिरे
गैँडाकोट।पूर्वि नवलपरासीको बौदीकालीमा थप ५९ जनामा कोरोना भाईरस(कोभिड१९) संक्रमण पुष्टि भएको छ । बौदीकाली गाउँपालिका वडा नं. ५ र ६का ५९ जनामा संक्रमण भएको गाउँपालिका कार्यालयले जनाएको छ ।

वडा नं. ५ र ६का विभिन्न टोलमा गरिएको एन्टिजिन परिक्षणमा ५९ जनामा संक्रमण देखिएको बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिनुभयो ।उहाँका अनुसार वडा नं. ५ का ७ जना र वडा नं. ६ का ५२ जना संक्रमित देखिएका छन् ।

कार्यालयका अनुसार वडा नं. ५ का ५ जना पुरुष र २ जना महिला तथा वडा नं. ६ का २८ जना पुरुष र २४ जना महिलामा संक्रमण देखिएको  छ । कोभिडको दोस्रो लहर सुरु भएयता बौदीकालीमा संक्रमित हुनेहरुको संख्या १०४ पुगेको छ । संक्रमण भएका ८१ जना होम आईसोलेसनमा रहेका छन भने २३ जना संक्रमणमुक्त भएका छन ।

तपाईको प्रतिक्रिया