×

नवलपुर विशेष

कोरोना संक्रमणवाट एकदिन २२५ जनाको मृत्यु

कोरोना संक्रमणवाट एकदिन २२५ जनाको मृत्यु
२८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

नवलपुरमा थप ४४ जनामा कोरोना संक्रमण ( कहाँ कति हेर्नुस सूचि सहित )

नवलपुरमा थप ४४ जनामा कोरोना संक्रमण  ( कहाँ कति हेर्नुस सूचि सहित )
गैँडाकोट । नवलपरासी (पूर्व)मा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परिक्षणमा जिल्लाका विभिन्न पालिकाका ४४ जनामा कोरोना संक्रमण देखिएको हो । कहाँ कति कोरोना संक्रमित थप हेर्नुस ।  

मिटर बक्समा खपत भएकाे अंक टिपाएर अनलाईन भुक्तानी गर्न विद्युत्त कार्यालयकाे आग्रह

मिटर बक्समा खपत भएकाे अंक टिपाएर अनलाईन भुक्तानी गर्न विद्युत्त कार्यालयकाे आग्रह
नवलपुर । कोरोना भाईरस (कोभिड१९) का कारण मिटर रिडिङमा समस्या परेको भन्दै नेपाल विद्युत्त प्राधिकरण कावासोती वितरण केन्द्रले मिटरमा खपत भएको अंक कार्यालयमा टिपाउन आग्रह गरेको छ ।कोभिड १९ को नयाँ भेरियन्ट सहितको संक्रमण फैलिरहेको कारण मिटर रिडरहरु घरघरमै पुगेर जाचँ गर्न सक्ने अवस्था नरहेको भन्दै कार्यालयले स्वंयम ग्राहकवर्ग लाई अंक टिपाई महशुल भुत्तानी गर्न अनुरोध गरेको हो । कार्यालयका अनुसार मिटरमा अपत भएको अंक कार्यालयले उपलव्ध गराएको नम्बर वा विद्युत्त प्राधिकरणको बेवसाईटमा ...

पाेखरामा थप ११ काेराेना संक्रमितकाे मृत्यु

पाेखरामा थप ११ काेराेना संक्रमितकाे मृत्यु
पाेखरा । पाेखरामा उपचाररत थप ११ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । स्वास्थ्य निर्देशनलालय गण्डकी प्रदेशका अनुसार थप ११ जना काेराेना संक्रमित विरामीकाे मृत्यु भएकाे हाे । मृत्यु हुनेमा कास्की जिल्लाका ६ जना, रुपन्देहीका २ जना रहेका छन । त्यसैगरी स्याङ्जा, तनहुँ र म्याग्दीका एक एक जना काेराेना संक्रमण भएका विरामीकाे मृत्यु भएकाे छ ।

कावासोतीमा कोरोनाका कारण फेरी एक जनाको मृत्यु

कावासोतीमा कोरोनाका कारण फेरी एक जनाको मृत्यु
कावासोती । कोरोना संक्रमणको कारणले कावासोतीमा थप एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं ८ का ७६ वर्षीय पुरुषको मध्यविन्दु जिल्ला अस्पतालमा साझ ७:५० बजे मृत्यु भएको स्वास्थ कार्यालय नवलपुरले जनाएको छ । गत वैशाख २१ कोराना संक्रमित भएका उनी होम आईसोलेसनमा रहेका थिए । स्वास्थ्यमा समस्या आए पछि उनलाई मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याईएको थियो । यो सँगै जिल्लामा कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको १५ संख्या पुगेको छ भने कोरोना संक्रमितले ज...

थप १३९ जनाको मृत्यु, ९,२७१ जना संक्रमित

थप १३९ जनाको मृत्यु, ९,२७१ जना संक्रमित
काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट एकैदिनमा सोमबार १३९ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,२७१ जना संक्रमित भएका छन् । १८ हजार ४११ नमुना एन्टीजेन र पीसीआर परीक्षण हुँदा ती संक्रमित थपिएका हुन् । ४,००७ जना निको भएका छन् ।सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ ।

अब फेरि ओली नै प्रधानमन्त्री , बहुमतको सरकार गठनको सम्भावना टर्‍यो !

अब फेरि ओली नै प्रधानमन्त्री , बहुमतको सरकार गठनको सम्भावना टर्‍यो !
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएसँगै बहुमतको नयाँ सरकार गठनको सम्भावना तत्काललाई टरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको अधिवेशन सोमबार बोलाइएको छ । विश्वासको मतका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन चाहिन्छ । प्रधानमन्त्री ओलीले नेतृत्व गरेको दल नेकपा एमालेका १२१ सांसद छन् । तर माधवकुमार नेपाल समूहका सांसदहरुले मतदानमा सहभागी नहुने निर्णय गरेका छन् । ६१ सांसद भएको नेपाली कांग्रेस र ...

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्ताव उपर भोलि मतदान हुने कार्यसूची थियो । प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष गुरुङले राजीनामा बुझाएका छन् । आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । यसैबीच प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् ।

पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।