×

गोविन्द घिमिरे
नवलपुर । पूर्वि नवलपरासीको कावासोतीबाट पाँचजना जुवाडे पक्राउ परेका छन् । कावासोती नगरपालिका वडा नं. १ हात्तीखोर स्थित राजु श्रेष्ठको खाली कटेजमा जुवा खेलिरहेका उनिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।
पक्राउ पर्नेमा कावासोती नगरपालिका वडा नं. १ का लक्ष्मण श्रेष्ठ, बलबहादुर गाहा, झबे अधिकारी र राजकुमार घिमिरे र चक्र बहादुर मोक्तान रहेको डिएसपी दिलिप कुमार गिरीले उज्यालोलाई जानकारी दिनुभयो ।
जुवाडेहरुको साथबाट नगद २५ हजार ९७० रुपैयाँ र तीनबुक तास बरामद गरेको छ ।  उनिहरु सबैलाई अहिले जिल्ला प्रहरी कार्यालयकाे हिरासत कक्षमा राखिएकाे छ । लकडाउनको समयमा लुकिछिपी जमघट हुँदै जुवा खेलेपछि प्रहरीले मसिनो गरि जुवाडेहरुको खोजतलास गरेको छ ।

तपाईको प्रतिक्रिया