गैँडाकोट । पूर्वि नवलपरासीको देवचुलीका कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ ।देवचुली नगरपालिका वडा नं. १४ का ५८ वर्षका पुरुषको मृत्यु भएको हो । मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत उनलाई थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लग्ने क्रममा मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) का अनुसार जेष्ठ ४ गते चितवन मेडिकल कलेजमा गरिएको कोभिड परिक्षणमा उनको पोजेटिभ रिपोट आएको थियो ।सोहि दिन देखि नै उनि मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत रहेका थिए ।