×

सुस्मा न्यौपाने
गैँडाकोट । गैँडाकोटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १६ स्थित अमरापुरी स्वास्थ्यचौकीमा स्वाव दिएका ४४ जना माध्ये २२ जनामा कोरोना पुष्टि भएको हो ।
गैँडाकोट नगरपालिका स्वास्थ्य शाखाका प्रमुुख झलकराज पौडेलले जेष्ठ ११ गते लिइएको स्वाब परिक्षणका लागि मध्यविन्दु अस्पताल पठाइएकोमा नतिजा गएराति आएको जानकारी दिनुभयो ।
संक्रमित २२ जना मध्ये सबैभन्दा धेरै गैडाकोट १६ का रहेका छन । उनिहरु सबै हाल होमआईसोलेसनमा रहेको उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया