
गैँडाकोट । पूर्वि नवलपरासीमा कोरोना संक्रमणका कारण थप दुुई जनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल कावासोती २ बस्दै आएका ३८ वर्षका पुरुषको गएराति चितवनमा मृत्यु भएको हो ।
भरतपुरको चितवन मेडिकल कलेजमा उपचारत उनको गएराति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उनि बैशाख २२ गतेदेखि अस्पतालमा भर्ना भएका थिए ।
यता कोरोनाका कारण गैँडाकोट नगरपालिका वडा नं. १२ कि ६८ वर्षीया महिलाको मृत्युभएको छ । भरतपुर अस्पतालमा जेष्ठ १० गतेदेखि उपचाररत उनको हिजो मृत्यु भएको अस्पतालले जनाएको छ ।