नवलपुरमा कोरोना संक्रमितको संख्या हजार नाघ्याे : गैँडाकाेटमा चारसय नजिक
सुस्मा न्यौपाने
नवलपुर । महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या नवलपरासी (पूर्व)मा एकहजार नाघेको छ ।बुधवार साँझसम्म जिल्लामा एक हजार २४ जना सकृय संक्रमित देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।
८ वटा स्थानीयतह रहेको नवलपुरमा सबैभन्दा बढि कोरोना संक्रमित गैँडाकोट नगरपालिकामा देखिएको कार्यालयका प्रमुख केशव प्रसाद चापागाईले बताउनु भयो ।
उहाका अनुसार गैँडाकोटमा अहिले ३९४ जना कोभिडका विरामीहरु छन । जसमध्ये अधिकांस हो...
