
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोट नगरपालिका वडा नं. ५ ले कोरोना भाईरस (कोभिड १९) का कारण मृत्यु भएकाहरुका परिवारका लागि आर्थिक सहायता उपलव्ध गराउने भएको छ ।वडा कमिटिको आज बसेको बैठकले वडा भित्र कोभिडका कारण ज्यान गुमाउनेका आश्रित परिवारका लागि रु. २५ हजार आर्थिक सहायता उपलव्ध गराउने निर्णय गरेको हो ।
वडा अध्यक्ष नवराज कंडेलले वडा कमिटिको आज बसेको बैठकले सर्वसम्मत रुपमा राहात स्वरुप २५ हजार रुपैँया उपलव्ध गराउने निर्णय भएको उज्यालो खबरलाई बताउनु भयो ।उहाँका अनुसार मृतक मध्ये आर्थिक रुपमा कमजोर परिवारका लागि मात्रै सो सहायता उपलव्ध हुनेछ । आर्थिक अवस्था के कस्तो हो भन्ने सम्बन्धमा वडा कमिटिले नै पहिचान गर्नेछ । कोरोना भाईरस (कोभिड १९) का कारण यसभन्दा अघि ज्यान गुमाएकाहरुका हकमा भने यो नियम लागु हुनेछैन ।
बैठकले सबै वडावासीलाई कोरोना भाईरस (कोभिड १९) सँग सुरक्षित रहनका लागि पुर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाउन पनि आग्रह गरेको छ ।वडा अध्यक्ष नवराज कंडेलको अध्यक्षतामा भएको बैठकमा कार्यपालिका सदस्य रेखा कुमारी पौडेल, सदस्यहरु हरि ढकाल, पार्वती सापकोटा र वडा सचिव मणीरत्न सापकोटा लगायतले धारणा राख्नुभएको थियो ।