×

नवलपुर विशेष

भोलिदेखि गैँडाकोटमा बन्दमा कडाई हुने : किराना पसल समेत खोल्न नपाईने (हेर्नुस सूचना )

भोलिदेखि गैँडाकोटमा बन्दमा कडाई हुने : किराना पसल समेत खोल्न नपाईने  (हेर्नुस सूचना )
सुस्मा न्याैपाने गैँडाकोट । कोरोना भाईरस (कोभिड१९) को संक्रमण बढ्दै गएपछि गैँडाकोट नगरपालिकाले बन्दमा थप कडाई गरेको छ । भोलीराति १२ वजेदेखि जेष्ठ १० गते राति १२ वजेसम्म एक साताका लागि अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय मेयर छत्रराज पौडेलले जानकारी दिनुभयो । यसअघिका बन्द खासै प्रभावकारी नदेखिएपछि चेकब्रेक गर्नका लागि बन्दलाई थप कडाई गरिएको हो । आज बसेको नगर स्तरिय विपद् व्यवस्थापन समितिको बैठकले औषधी उपचार गर्न र दुध तथा पानी खरिद बिक्रि गर्न बाहेकका क्रियाकलापह...

कोरोना संक्रमणका कारण मध्यविन्दुमा एक महिलाको मृत्यु

कोरोना संक्रमणका कारण मध्यविन्दुमा एक महिलाको मृत्यु
नवलपुर । नवलपुरमा कोरोना संक्रमण भएर होम आसोलेसनमा बसेकि एक बृद्धाको आज मृत्यु भएको छ ।मध्यविन्दु नगरपालिका वडा नं. १० कि ८२ वर्षीया बृद्धाको आज विहान २ः३० वजे मृत्यु भएको मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । बैशाख ३१ ग्ते मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परिक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य मापदण्ड पुरा गर्दै उनको आजै परिवारले नै दाहसंस्कार गर्ने तयारी गरेका छन ।

पुरानो मेडिकल कलेजले १० दिनभित्रै नयाँ अक्सिजन प्लान्ट सञ्चालन गर्ने

पुरानो मेडिकल कलेजले १० दिनभित्रै नयाँ अक्सिजन प्लान्ट सञ्चालन गर्ने
नवलपुर । चितवनको कलेज अफ मेडिकल साइन्सेस् पुरानो मेडिकल कलेज भरतपुरले १० देखि १५ दिनभित्रै अक्सिजनको नयाँ प्लान्ट सञ्चालन गर्ने तयारी गरेको छ । कलेजले नवलपुरको गैंडाकोटमा नयाँ प्लान्टबाट अक्सिजनको उत्पादन गर्न लागेको कलेजका निर्देशक डा। मनोहर प्रधानले जानकारी दिए । सो प्लान्टबाट दैनिक २०० देखि २५० सिलिण्डर अक्सिजन उत्पादन हुने निर्देशक डा। प्रधानले बताए । ‘अहिले चितवनका अस्पतालमा अक्सिजनको अभाव जस्तो देखिएको छ, अभावमा कमी ल्याउन यसले मद्धत गर्छ भन्ने विश्वास छ’ निर्देशक डा...

पत्रकार नारायण शर्मालाई पितृशोक !

पत्रकार नारायण शर्मालाई पितृशोक !
नवलपुर । पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मालाई पितृशोक परेको छ । शर्माका पिता गंगाधर शर्मा चापागाईको ९० वर्षको उमेरमा शनिवार दिउसो कावासोती स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ लामो समयदेखि दम र मुटु सम्वन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । शर्माका चार छोरी र दुईछोरा हुनुहुन्छ । शर्मा कावासोतीको नयाँगाउ क्षेत्रका एक अग्रणी समाजसेवी हुनुहुन्थ्यो । हिन्दु संस्कार अनुसार उहाँको आजै अन्तेष्टी गरिएको पारिवारिक स्रोतले जनाएको छ । उज्यालो खबर पिता शर्माको निधन प्रत...

नवलपुरको मध्यविन्दुमा कोरोना संक्रमित महिलाको मृत्यु

नवलपुरको मध्यविन्दुमा कोरोना संक्रमित महिलाको मृत्यु
नवलपुर । नवलपरासी (पूर्व) मा कोरोना भाईरस (कोभिड १९) संक्रमित एक महिलाको गएराति मृत्यु भएको छ ।मध्यविन्दु नगरपालिका वडा नं. ५ निवासी ७० वर्षिया महिलाको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बैशाख २४ गते कोरोना पोजेटिभ भै २५ गते चितवन मेडिकल कलेजमा उपचार गराइरेकी उनको स्वास्थ्यमा सुधार नआएपछि परिवारले घर नजिकैको चोरामारा स्वास्थ्य केन्द्रमा ल्याई उपचार सुरु गराएका थिए ।प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको झण्डै ४० मिनेटपछि उनको ज्यान...

चितवन निकुञ्जमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन निकुञ्जमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
चितवन । जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको कोर ईलाका अन्र्तगत पर्ने ईच्छानगरमा जंगली हात्तीको आक्रमणबाट एक पु्रुषको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्सा जिल्ला ठोरी गाउँपालिका वडा नं. २ का ६० वर्षीय गोविन्द बहादुर राउत रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । च्याउ टिप्न जंगल गएको बेला हात्तीले आक्रमण गरेको हुन सक्ने निकुञ्जको अनुमान छ । आर्थिक वर्ष ७७।७८ को हालसम्म निन्कुन्ज र यसको ...

नक्कली प्रेसकार्ड बनाएर हिड्ने गैडाकाेटका युवा पक्राउ !

नक्कली प्रेसकार्ड बनाएर हिड्ने  गैडाकाेटका युवा पक्राउ !
गैँडाकोट । निषेधाज्ञाको समयमा आफुलाई पत्रकार भएको बताउदै हिड्ने एकजना युवालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका वडा नं. ५ का २२ वर्षका विजय लामिछाने रहेका छन । भरतपुर महानगरपालिका वडा नं. ३ पुल्चोकमा खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा उनले आफु पत्रकार भएको र समाचार संकलनका लागि हिडेको बताएपछि प्रहरीले शंका लागि थप केरकार गरेको थियो । उनको साथबाट साथबाट बिजय लामिछाने रिपोटर लेखेको प्रेस आई डि कार्ड समेत फेला परेको प्रहरीले जनाएक...

केपी शर्मा ओली आजै राति प्रधानमन्त्री नियुक्त हुँदै

केपी शर्मा ओली आजै राति प्रधानमन्त्री नियुक्त हुँदै
काठमाडौं । नेकपा एमालेले दुई वा दुई भन्दा बढी दलको बहुमत लिएर सरकारको दावी नगर्ने भएको छ । राष्ट्रपतिले दिएको समयभित्र कांग्रेस-माओवादीले दावी नगरपछि एमालेले पनि दावी नगर्ने भएको हो । महन्थ ठाकुर पक्षसँग तटस्थ रहने बाहेक बहुमतको सरकार दावी गर्ने कुनै कुरा नभएकोले संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको सरकार बन्ने प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा एमाले स्थायी कमिटी सदस्य बिष्णु रिमालले  बताए । आजै ९ बजेपछि राष्ट्रपतिले संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका...

चितवनमा थप दुईहप्ता लकडाउन हुने !

चितवनमा थप दुईहप्ता लकडाउन हुने !
चितवन । चितवन प्रशासनले निषेधाज्ञा थप गर्ने भएको छ । पहिलो चरणको निषेधाज्ञाले कोरोना संक्रमणको फैलावट कम गर्न केही सहयोग गरेको निष्कर्षसहित थप दुई साता निषेधाज्ञा थप्ने निर्णयमा पुगेको जानकारी चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले दिए । “आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा थपिने भएको छ”, प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, “के गर्न पाइने के नपाइने विस्तृतमा केही बेरमा जानकारी गराउने छौँ ।” निषेधाज्ञा बढाउन चौतर्फी सुझाव आएकोले यो निर्णय गरिएको उनले बताए । दोस्...