४ लाख ३२ हजार नगदसहित ८ जुवाडे कावासोतीमा पक्राउ
गोविन्द घिमिरे
नवलपुर । पूर्वि नवलरासीमा ठुलो धनरासी सहित ८ जुवाडेहरु गएराति ८ :५० बजे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कावासोतीबाट खटिएको प्रहरीको विशेष टोलीले कावासोती नगरपालिका वडा नं. २ लोकतन्त्र चोक स्थित रामजी पाण्डेको घरबाट जुवाडेहरुलाई नगद सहित पक्राउ गरेको हो ।
पाण्डेको घरमा हार जित हुने गरी जुवातास खेलिरहेको अवस्थामा नगद ४ लाख ३२ हजार ६९५ रुपैँया सहित चारबुक तास बरामद गरिएको जिल्ला प्रहरीकार्यालयका सूचना अधिकारी समेत रहेका डिएसपी दिलिप कुमार गिरीले जानकार...


