×

चितवन। चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । निकुञ्जको चोरी शिकार नियन्त्रण इकाइले सोमे गुरुङलाई पक्राउ गरेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार उनलाई गैंडाकोट नगरपालिकाको ढोडेनीबाट पक्राउ गरिएको छ । योसँगै चालु आर्थिक वर्षमा यो सहित चितवन राष्ट्रिय निकुञ्जले २६ जना तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।

तपाईको प्रतिक्रिया