×

गोविन्द घिमिरे
नवलपुर । पूर्वि नवलरासीमा ठुलो धनरासी सहित ८ जुवाडेहरु गएराति ८ :५० बजे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कावासोतीबाट खटिएको प्रहरीको विशेष टोलीले कावासोती नगरपालिका वडा नं. २ लोकतन्त्र चोक स्थित रामजी पाण्डेको घरबाट जुवाडेहरुलाई नगद सहित पक्राउ गरेको हो ।
पाण्डेको घरमा हार जित हुने गरी जुवातास खेलिरहेको अवस्थामा नगद ४ लाख ३२ हजार ६९५ रुपैँया सहित चारबुक तास बरामद गरिएको जिल्ला प्रहरीकार्यालयका सूचना अधिकारी समेत रहेका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।
जुवाको खालबाट पक्राउ पर्नेहरुमा कावासोती नगरपालिका वडा नं. २ का २८ वर्षका सागर कुँवर, २६ वर्षका हुस्ना मुबारक मिया, ३९ वर्षका खिम बहादुर लामिछाने , ४१ बर्षका रामजी पाण्डे, ३५ वर्षका उज्वल मल्ल रहेका छन् ।
त्यसैगरी बर्दघाट नगरपालिका वडा नं. १५का २९ वर्षका लाल बहादुर तामाङ, मध्यविन्दु नगरपालिका वडा नं. ३ का २६ वर्षका नारायण खनाल रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्र्तगत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया