×

सुस्मा न्यौपाने
गैँडाकोट । लक्ष्मी हेल्प फाउन्डेसनले पूर्वि नवलपरासीको गैँडाकोट र भरतपुरका विभिन्न संस्थालाई खाद्यान्न सहयोग गरेको छ । समाजसेवाको भावले स्थापना भएका तीनवटा संस्थाहरुलाई फाउन्डेसनले आईतबार खाद्यान्न सहयोग गरेको हो ।
गैँडाकोट नगरपालिका वडा नं. १ मा रहेको अपागं जिवन विकास संस्था,भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको मानव सेवा आश्रम र भरतपुर ११ कै मञ्जुश्री असहाय संरक्षण केन्द्रको आश्रयमा रहेका हरुको लागि चामल, दाल, तेल, आटा नुन लगायतका खाद्य सामाग्री सहयोग गरिएको हो ।
हाल अष्ट्रेलियामा रहेका लक्ष्मी हेल्प फाउन्डेसनका संस्थापक सदस्य प्रकाश अधिकारीको सहयोगमा प्राप्त भएको खाद्यान्न संस्थाका उपाध्यक्ष प्रतिमा गौतम (अधिकारी), कोषाध्यक्ष गणेश अधिकारी, र सहसचिव विष्णु अधिकारीले संयुक्त रुपमा खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो । खाद्यान्न सहयोग कार्यक्रमको सहजिकरण शंकर आर्चायले गर्नुभएको थियो ।
विभिन्न समाजिक कृयाकलापमा आफ्नो उपस्थिति जनाउँदै आएको फाउण्डेसनले यस अघि गैँडाकोट नगरपालिकाका विभिन्न वडाहरुमा रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने आयूर्वेदिक औषधीहरु सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया