×

सुस्मा न्यौपाने
नवलपुर । राष्ट्रिय युवासंघ नेपाल पूर्वि नवलपरासीले जिल्लाको गैँडाकोटमा खाद्यान्न सहयोग गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. १ मा रहेको अपागं नवजिवन संस्थालाई खाद्यान्न सहयोग गरेको हो ।
आर्थिक रुपमा कमजोर रहेको अपागं नवजिवन संस्थालाई १२० किलो चामल, पाँच किलो दाल, खाने तेल र नुन सहयोग गरिएको संघका जिल्ला संयोजक कृष्ण कंडेलले जानकारी दिनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल नवलपुर जिल्ला कमिटीद्वारा संचालित “ हाम्रो समाज , हाम्रै कर्तव्य “ कार्यक्रम अन्तर्गत खाद्यान्न सहयोग गरिएको कंडेलले बताउनु भयो ।
खाद्यान्न सहयोग कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नं. १ का अध्यक्ष हरिप्रसाद सापकोटा, नेकपा एमालेका जिल्ला सदस्य टंक माकिम मगर, स्थानीय नेताहरु भगवान घिमिरे, शशिचन्द्र सिग्देल, युवासंघका नेता देशबन्धु सिग्देल, रमेश ढकाल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया