नवलपुर । लागुऔषध सहित पूर्वि नवलपरासीको अरुणखोलाबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मध्यविन्दु नगरपालिका वडा नं. १० का ३४ वर्षका राकेश पाण्डे र वडा नं. ११ का २६ वर्षका विशाल पछाई रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जान आउदै गरेको बा ४० प ३९९३ नम्बरको को मोटरसाईकल रोकि चेकजाँच गर्दा उनिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुुभयो ।
उनिहरुको साथबाट ONREX 100 ML को १३ बोत्तल, NITRAVET १० लेखिएको २८९ ट्यावलेट, नुर्फिन १० एम्पुल, फेनारगन १० एम्पुल, डाईजापाम १० एम्पुल र SPM-PRX WOCKHARDT लेखिएको ३९३ क्यापसुल र नगद रु. ४९,०८२।- समेत फेला पारिएकाे प्रहरीले जनाएकाे छ । उनिहरु दुबैलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कसूर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरीको भनाई छ ।