Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । युवा संघ नेपाल गैंडाकोटले गैंडाकोट नगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । राष्ट्रिय युवा संघ नेपाल गैंडाकोटले नगर अस्पतालाई अक्सिमिटर ५० थान, माक्स ४००० पिस , पिपिइ र फेस शिल्ड गरि दुई लाख रुपैयाँ बराबरको स्वास्थ सामाग्री सहयोग गरेको हो ।स्वास्थ्य सामग्री गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले नगर अस्पताल प्रमुख इन्द्रराज शर्मालाई हस्तान्तरण गर्नुभएको हो ।
गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले युवा संघले मानविय काम गरेको र आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा पनि हरेक क्षेत्रका युवा जुटदै सामाजिक काम गर्नुपर्ने बताउनुभयो । नगरप्रमुख पौडेलले वडा वडामा रहेका स्वास्थ्य ईकाईमा र कोभिडका समयमा खटिएका स्वास्थ्यकर्मी प्रहरी र शसस्त्र प्रहरीलाई पनि स्वास्थ्य सामग्री बितरण गरिने बताउनुभयो ।

नगर कमिटी संयोजक बिनोद कंडेलले युवा संघमा आबद्ध हुनुभएका युवा र अन्य व्यक्तिहरुसंगको आवद्धतामा सहयोग गरिएको र अव निशेधाज्ञाका कारण छाक टार्न धौ भएका व्यक्तिहरुका लागि पनि युवा संघले सहयोग गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया