सुस्मा न्यौपाने
गैँडाकोट।गैँडाकोटमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।हरीहर मन्दिर परिसरमा लिइएका १४७ जनाको स्वाब परिक्षणका क्रममा ३० जनामा कोरोना पुष्टि भएको गैँडाकोट नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।
कोरोना संक्रमित हुनेहरु गैँडाकोट नगरपालिका वडा नं. ६, ७, ८ र ९ नम्बर वडाका रहेका छन । संक्रमित सबैजना होम आईसोलेसनमा बसिरहेका छन् । मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको पीसीआर परिक्षणको नजिता गएराति आएको हो ।