सूचना प्रविधि क्षमताको मूल्याङ्कनमा गैँडाकोट नगरपालिका जिल्ला प्रथम !
गैँडाकोट । स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखामा नवलपुरको गैँडाकोट नगरपालालिकाले जिल्लाका अन्य पालिकाहरुलाई उछिन्दै प्रथम स्थान हाँसिल गरेको छ । जिल्लाभर प्रथम भएको गैँडाकोट नगरपालिका देशभरबाट १६ औं स्थानमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
देवचुली जिल्लामा दोस्रो र देशभरबाट २७औँ स्थानमा रहेको छ । त्यस्तै विनयी त्रिवेणी १८६औँ, मध्यविन्दु २०४औँ स्थानमा र बुलिङटार ४०२औँ स्थानमा रहेको छ । नवलपुरका अन्य पालिकले मन्त्रालयले दिएको समयसिमाभित्...


