×

गैँडाकोट । स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखामा नवलपुरको गैँडाकोट नगरपालालिकाले जिल्लाका अन्य पालिकाहरुलाई उछिन्दै प्रथम स्थान हाँसिल गरेको छ । जिल्लाभर प्रथम भएको गैँडाकोट नगरपालिका देशभरबाट १६ औं स्थानमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

देवचुली जिल्लामा दोस्रो र देशभरबाट २७औँ स्थानमा रहेको छ । त्यस्तै विनयी त्रिवेणी १८६औँ, मध्यविन्दु २०४औँ स्थानमा र बुलिङटार ४०२औँ स्थानमा रहेको छ । नवलपुरका अन्य पालिकले मन्त्रालयले दिएको समयसिमाभित्र सहभागिता जनाएनन् ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा गर्न विभिन्न ७ विधाहरुमा ५० वटा सूचांकहरुको आधारमा मुल्यांकन गरी नतिजा प्रकाशन गरेको हो । गैँडाकोट नगरपालिकाले ६७ अंक प्राप्त गरेको छ ।

गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले विकास निर्माणदेखि सेवा प्रवाहमा प्रविधिको उच्चतम प्रयोग गरि जिल्लामा प्रथम र देशभरमा १६औं स्थानमा आउनुु खुसीको कुरा भएको बताउनुु भयो । आगामी दिनमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै यो भन्दा राम्रो नतिजा निकाल्न आफुहरु प्रयासरत रहने उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया