मौलाकाली सामुदायिक वन उपभोक्ता समुहको १९ औं साधारण सभा सम्पन्न
गैंडाकोट। मौलाकाली सामुदायिक वन उपभोक्ता समुहको १९ औं साधारण सभा सम्पन्न भएको छ । आईतवार कार्यलय परिसरमा आयोजना गरिएको समुहको १९ औं साधारण सभालाई सम्बोधन गर्दै गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णु कुमारी कंडेलले वन समुहहरुले आफ्ना उपभोक्ताहरुलाई लक्षित गरेर कार्यक्रमहरु ल्याउनुपर्ने धारणा ब्यक्त गर्नुभयो । उहाँले अहिलेको अवस्थामा आर्थिक रूपले विपन्न कतिपय उपभोक्ताहरुका बालबालिकाहरुलाई शिक्षा दिने र रोजगारी सिर्जना गर्नेतर्फ पनि वन उपभोक्ता समुहहरुको ध्यान केन्द्रीत हुनु पर्ने...


