कावासोती नगरपालिकाले मनायो १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस
कावासोति । पूर्वि नवलपरासिको कावासोति नगरपालिकाले १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेवका दिवस मनाएको छ । आईतबार कावासोती नगरपालिकामा “स्वस्थ जीवनशैली हाम्रो आवश्यकताः संकट न्यूनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका’’ भन्ने नाराका साथ दिवस मनाईएको हो ।
सोही अवसरमा ६० बर्ष उमेर पुगेका ६ जना महिला स्वास्थ्य स्वयंसेवकाहरुलाई बिदाई समेत गरिएको थियो । बिदाई भएर जाने विश्व कुमारी कंडेल, अम्बिका खड्का, भगवती श्रेष्ठ , रमिला भुजेल , लक्ष्मी देवी काफ्ले र अनितादेवी थनेतला...


