नवलपुर । नवलपुरको गैँडाकोटमा केन्द्रिय कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थालेआजदेखि आफ्नो २६औं बार्षिक साधारण सभा मनाउन सुरु गरेकाे छ । विभिन्न सातवटा एकाई खडा गरि २५ वटा केन्द्र समावेश हुनेगरि किसानले आफ्नो २६औं बार्षिक साधारण सभालाई भव्यरुपमा मनाउन लागेको किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले  जानकारी दिनुभयो ।

आजदेखि समता सामुदायिक भवन दुम्कीवास केन्द्रबाट सुरु भएको साधारणसभा पौष ४ गते सम्पन्न हुने उहाँले बताउनुभयो ।मंसिर १८ गते नवजागरण नमुुना मावि मध्यविन्दु, मंसिर २० गते खेलकुद मैदान परिसर कावासोती १६ डण्डा, मंसिर २२ गते साहारा पार्टि प्यालेस दलदले, मंसिर २८ गते गैँडाकोट एग्रोमार्ट परिसर गैँडाकोट, पौष ३ गते पञ्चकन्या विद्या मन्दिर परिसर टाँडी र पौष ४ गते निर्भाना रिर्सोट भरतपुरमा साधारणसभा सम्पन्न हुनेछ ।विभिन्न सातवटा एकाईमा हुने साधारणसभामा त्यस आसपासका सेवाकेन्द्रका किसानका सदस्यहरु सहभागी हुनेछन् ।

विभिन्न सातवटा एकाई भेलाबाट छनौट भएका ५७ जना प्रतिनिधिहरु, सञ्चालक समिति,सेवाकेन्द्र व्यवस्थापन समिति र कर्मचारी गरि करिव ४०० जनाको सहभागितामा साधारणसभाको निर्णयपुस्तिका प्रमाणिकरण, निति कार्यक्रम तथा बजेटको संसोधन सहित पौष १० गते गैँडाकोटमा साधारणसभाको समापन हुने उहाँले बताउनु भयो ।समापनको दिन २५ हजार राषिको किसान राष्टिय पुरस्कार सहित विभिन्न विधामा पुरस्कार वितरण एवंम् सम्मान गर्ने कार्यक्रम रहेको छ ।

किसानले आफ्ना सदस्यहरुको गुनासो र सुझावलाई मध्यनजर गर्दै सवै सेवाकेन्द्रहरु र केन्द्रिय कार्यालयमा सुझाव पेटिका राखेको छ । संस्थाका अध्यक्ष श्रीहरी चालिसेले विहान १० वजेदेखि ४ वजेसम्म सेवाकेन्द्रमा गई सुझाव समेत राख्न सदस्यहरुलाई आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया