गैंडाकोट। मौलाकाली सामुदायिक वन उपभोक्ता समुहको १९ औं साधारण सभा सम्पन्न भएको छ । आईतवार कार्यलय परिसरमा आयोजना गरिएको समुहको १९ औं साधारण सभालाई सम्बोधन गर्दै गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णु कुमारी कंडेलले वन समुहहरुले आफ्ना उपभोक्ताहरुलाई लक्षित गरेर कार्यक्रमहरु ल्याउनुपर्ने धारणा ब्यक्त गर्नुभयो । उहाँले अहिलेको अवस्थामा आर्थिक रूपले विपन्न कतिपय उपभोक्ताहरुका बालबालिकाहरुलाई शिक्षा दिने र रोजगारी सिर्जना गर्नेतर्फ पनि वन उपभोक्ता समुहहरुको ध्यान केन्द्रीत हुनु पर्ने अवस्था आएको औल्याउनु भयो ।
साधारणसभा कायक्रमको प्रमुख अतिथी समेत रहनुभएकी कँडेलले गैंडाकोट नगरपालिकाले सम्बृद्ध नगरपालिकाको नारा लिएकोले यो अभियान नगरपालिका एक्लैको प्रयासबाट मात्र सफल नहुने हुँदा नगरका सबै संघसंस्था, राजनीतिक दलहान र समूहहरुको सहकार्य आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।
मौलाकाली सामुदायिक वन उपभोक्रा समुहका अध्यक्ष हरिप्रसाद सापकोटाले मौलाकाली वन समुहले सधैं उपभोक्तामुखी भएर काठ वितरण गर्दै आएको र यदि कसैलाई कथमकदाचित वितरण गरिएको काठमा खोट देखिएमा त्यसको सट्टा अर्को काठ दिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा सहभागि सवैलाई धन्यवाद दिँदै अध्यक्ष सापकोटाले नगरको वडा नम्बर १ देखि ८ सम्म क्षती पुराएको चुहार खोलामा ड्याम वनाएर रोक्न सके त्यसले सम्भावित क्षति कम हुनुका साथै पर्यापर्यटनको सम्भावना पनि बढेर जाने धारणा राख्नुभयो ।
साधारण सभामा समुहमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गरिएको थियो । यसैगरी दिवंगत भएका परिवार र विपन्न परिवारका सदस्यहरूलाई आर्थिक सहयोग सहित सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया