कावासोति । पूर्वि नवलपरासिको कावासोति नगरपालिकाले १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेवका दिवस मनाएको छ । आईतबार कावासोती नगरपालिकामा “स्वस्थ जीवनशैली हाम्रो आवश्यकताः संकट न्यूनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका’’ भन्ने नाराका साथ दिवस मनाईएको हो ।

सोही अवसरमा ६० बर्ष उमेर पुगेका ६ जना महिला स्वास्थ्य स्वयंसेवकाहरुलाई बिदाई समेत गरिएको थियो । बिदाई भएर जाने विश्व कुमारी कंडेल, अम्बिका खड्का, भगवती श्रेष्ठ , रमिला भुजेल , लक्ष्मी देवी काफ्ले र अनितादेवी थनेतलाई नगरपालिकाले एक–एक लाख रुपैयाका दरले स–सम्मान बिदाई गरेको छ । त्यस्तै १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेवका दिवसको अवसर पारेर कावासोती नगरपालिकाले ५ जना महिला स्वास्थ्य स्वयंसेवकाहरुलाई नगद पुरस्कार सहित सम्मान समेत गरेको छ । नगरपालिकाले ५–५ हजार रुपौयाको दरले नानु देबि रिमाल ,उषा देबि राई ,शोभा अर्याल ,देउ कुमारी महतो र देव कुमारी गुरौंलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । साथै सोही अवसरमा नगरपालिकाले २० जना महिला स्वास्थ्य स्वयंसेवकाहरुलाई दराज समेत बितरण गरेको थियो । स्वास्थ्य स्वयंसेवकाको रुपमा काम गर्ने सहज होस भनि दराज बितरण गरेको कावासोती नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रमेश घर्तिले बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले स्वास्थ्य स्वयंसेवकाहरुले समाजमा पु¥याएको योगदानको सम्मना गदै स्वयंसेवकाहरुलाई राज्यले अझ थप सेवा सुबिधा दिनुपर्ने बताएका छन् । गाहाले मान्छेहरु बचाउन महिला स्वास्थ्य स्वयंसेवकाहरुको भुमिका महत्वपूर्ण रहेको र अहिले उनिहरुकै कारण शुशु मृत्युदर समेत घटेको दाबि गरे । त्यस्तै कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले स्वास्थ्य स्वयंसेवकाहरुलाई नगरपालिकाबाट सक्दो सहयोग गरेको बताएकी छन् । उनले ६० बर्ष उमेर पुगेर बिदाई हुने स्वास्थ्य स्वयंसेवकाहरुलाई संघिय सरकारले थोरै रकम मात्रै दिने गरेको भएपनि कावासोती नगरपालिकाले हाल बिदाई हुने स्वयंसेवकालाई एक लाख रुपैया सहित बिदाई गर्ने नयाँ काम सुरु गरेको बताईन् । उनले आगामि दिनमा थप रकम समेत बढाउने बताएकी छन् । सोही अवसरमा कावासोती नगरपालिका उप–प्रमुख प्रेमशंकर मर्दनियाले नवलपुरमा नै पहिलो पटक कावासोती नगरपालिकाले नगद सहित महिला स्वास्थ्य स्वयंसेवकालाई स–सम्मान बिदाई गरेको बताए । कावासोती नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रमेश घर्तिले अशल समाज निर्माणमा महिला स्वास्थ्य स्वयंसेवकाहरुले अह्म भुमिका खेलेको भन्दै यसलाई निरन्तरता दिन समेत सुझाब दिए ।

तपाईको प्रतिक्रिया