गैंडाकोट । रमिता सारू मगर स्मृति प्रतिष्ठान नेपालले जेहेन्दार विद्यार्थी प्रोत्साहन सहयोग तथा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाका प्रधान संरक्षक श्री चीनबहादुर सारू मगरको अध्यक्षता एवम् स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा बौदीकाली गाऊँपालिका स्थित बेल भाञ्ज्याङ्ग मा।वि।, नगरडाँडा मा।वि। र सर्वप्रिय आधारभूत बिद्यालयमा अध्ययनरत छात्रा ५ छात्र ७ गरी प्रत्येक विद्यालयबाट ४ जनाको दरले १२ जना जेहेन्दार विद्याथीहरूलाई प्रोत्साहन स्वरूप नगद रू.३०,००० आर्थिक सहयोग गरको हाे ।
शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षाफलको आधारमा प्रथम, दोश्रो , तेश्रो र चौथो हुन सफल विद्याथीहरूलाई क्रमशः रू।४,०००।–, ३,०००।–, २,०००।– र १,०००।– को दरले नगद प्रदान गरिएकाे रमिता सारू मगर स्मृति प्रतिष्ठानले जनाएकाे छ । संस्थाका संरक्षक किताबी सारु मगरद्धारा बेलायतमा सञ्चालित आफ्नै व्यबसायबाट केही बचत गरिएको रकम र यस प्रतिष्ठान अक्षयकोषबाट उक्त आर्थिक सहयोग प्राप्त भएको हो ।
यसैगरी साविक गा।वि।स। रकुवा–५, सिउन नवलपुर घर भै हाल वेलायती सेनामा कार्यरत यसै संस्थाका संरक्षक ईन्द्रजीत सारू मगरको समन्वयमा वेलायत आशफोर्ड स्थित St Valery Care Home बाट प्राप्त सहयोग कोविड–१९ परीक्षणको लागि एन्टिजेन किट ८०० थान र माक्स ३०० पिस सामाग्रीहरू त्यस बौदीकाली गाऊँपालिका स्थित नरम , रुचाङ र रकुवा स्वास्थ्यचौकी लाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा संस्थाका संरक्षक कितावी सारू मगर, सचिव देवेन्द्र सारू मगर , कोषाध्यक्ष कमलादेवी ठाडा मगर, विद्यालयका प्रधानाध्यापक तथा अभिभावकहरू दिपक पोखरेल, लोक बहादुर गाहा , वोम सारु तथा स्वास्थ्यचौकीका प्रतिनिधि एवम् विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू लगायत महानुभावज्यूहरूको उपस्थिति रहेको थियो ।
२०७२ सालमा स्थापना भएको सो प्रतिष्ठानले नवपलपुरकाे बौदीकाली गाऊँपालिका स्थित विभिन्न विद्यालयमा अध्ययनरत गरीव तथा जेहेन्दार विद्यार्थीहरूको सहयोगार्थ अक्षयकोष स्थापना गरी हरेक वर्ष विद्यार्थी प्रोत्साहन सहयोग कार्यक्रम एवम् अन्य सामाजिक कार्यहरू गर्दे आइरेको छ ।