गैँडाकोट । चितवनमा हुने नेकपा एमालेको १० औं राष्टिय महाधिवेशनमा नवलपुरको गैँडाकोट नगरपालिकाबाट २० हजार कार्यकर्ता तथा सुभेच्छुक उतार्ने एमालेले जनाएको छ ।नेकपा एमालेका गैँडाकोटमा उपाध्यक्ष समेत रहेका युवा नेता नवराज कंडेलले जोडिएको नगरपालिकामै हुने पार्टिको महाधिवेशनको उद्घाटन शत्रमा गैँडाकोटबाट २० हजार जना सहभागि हुने जानकारी दिनुभयो ।
हाम्रो पार्टिको चितवनमा हुने चितवनमा हुने महाधिवेशनलाई विश्वले हेरिरहेको भन्दै गैँडाकोटबाट भव्यरुपमा जनसभागिता रहने बताउनुभयो।
मसिंर १० गतेको उद्घाटन समारोहमा सहभागि हुन नेता कंडेलकै सकृयतामा घरदैलो गर्ने कार्यक्रम समेत आजदेखि सुरु भएको छ ।पार्टिका कार्यकता तथा शुभेच्छुक सबैलाई ऐतिहाँसिक महाधिवेशन अवलोकनका लागि निम्ता दिने काम सुरु गरिएको उहाँले बताउनुभयो ।
पश्चिमबाट महाधिवेशनमा आउने प्रतिनिधिहरुको स्वागतका लागि गैँडाकोटका चारठाउँमा स्वागतद्धार निर्माणको तयारी थालिएको छ । राष्टिय युवासंघ नेपाल, नेकपा एमाले गैँडाकोट तथा अन्य शुभेच्छुक संगठनहरुले आफै स्वागतद्धार निर्माण गर्ने बताइएको छ । आजमात्रै एमाले गैँडाकाेटका उपाध्यक्ष कंडेलले महाधिवेशन स्थल नारायणी नदी किनारमा पुगेर त्यँहाकाे तयारीका बारेमा जानकारी लिनुका साथै आफ्नाे नगरबाट गर्नुपर्ने आवश्यक सहयाेगका लागि पार्टि तयार रहेकाे बताउनु भएकाे छ ।