×

गैँडाकोट । नेपाली काँग्रेसका गैँडाकोटका युवा नेता राजेन्द्रप्रसाद उपाध्यायले पार्टि परित्याग गर्ने घोषणा गरेका छन् ।समाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस राख्दै उनले पार्टिको  जिल्ला अधिवेशन पश्चात पार्टिमा नरहने घोषणा गरेका हुन।उपाध्याय नेपाली काँग्रेसबाट निर्वाचित गैँडाकोट नगरपालिका वडा नं. १ का वडा सदस्य समेत हुन् ।

उज्यालो खवरसँग कुरा गर्दै उनले काँग्रेस परित्याग पछि अन्य कुनैदलमा प्रवेश गर्ने नभई स्वतन्त्र रुपमा रहने बताए ।उनले समाजिक सञ्जालमा लेखेका छन् : नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको निर्वाचन सकिएको भोलिपल्ट सायद यही मङ्सिर ११ गतेको भोलिपल्ट देखि म राजेन्द्रप्रसाद उपाध्याय ले नेपाली काङ्ग्रेसको साधारण सदस्य पनि नरहनेगरी पार्टी परित्याग गरि स्वतन्त्र रूपमा रहने घोषणा गर्दछु ! नमस्कार ।।

उपाध्यायकाे स्टाटस यस्ताे छ । 

तपाईको प्रतिक्रिया