×

गैँडाकोट । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुर प्रदेश सभा क्षेत्र नं १ (क) क्षेत्रिय कार्यसमितिको सभापति पदमा युवा नेता गोपाल प्रसाद सापकोटा विजयी भएका छन् । सभापतिको दौडमा रहेका तारापति खरेललाई ८२  मतले पछि पार्दै युवा नेता सापकोटाले सभापति पदमा बाजी मारेका हुन् ।गाेपाल प्रसाद सापकाेटाले ३२९ मत ल्याउँदा तारापतिले २४७ मतमा चित्त बुझाउनु पर्याे ।

नेपाली काँग्रेसका महामन्त्री तथा नवलपुर निर्वाचन क्षेत्र नं. १ का सांसद शंसाक कोईराला निकट मानिने तारापति खरेललाई उछिन्दै नेता महेन्द्रध्वज जिसी निकट मानिएका सापकोटा सभापति पदमा विजयी भएसँगै काँग्रेसभित्र ठुलो तरंग छाएको छ । सभापतिमा सापकाेटा विजयी हुनुले अवकाे क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनलाई समेत धक्का पुग्ने काँग्रेसजन बताउछन् ।

क्षेत्रीय कार्यसमितिको उपसभापति पदमा गोविन्द राज कोईराला र कविराज आचार्य विजयी भए । कोईरालाले ३०१  र आचार्यले २९३  मत प्राप्त गरे । उपसभापति पदमा विजयी भएका दुवैजना अध्यक्षमा पराजित भएका खरेल प्यानलका उमेदवार हुन् ।त्यसैगरी सचिवमा दिनुराम सापकोटा र परमेश आचार्य विजयी भएका छन् । उनिहरुले क्रमश : २९८  र २८२  मत प्राप्त गरे । क्षेत्रीय कार्यसमितिको सहसचिवमा शालिकराम घिमिरे र करुणाकर पौडेल विजयी भएका छन् । उनिहरुले क्रमश : २७५ र २७३ मत प्राप्त गरे ।

प्रदेश अधिवेशन प्रतिनिधि प्रतक्ष महिलातर्फ डिल कुमारी घिमिरे,  निर्मला कंडेल र भागिरथी सुवेदी विजयी भए । त्यसैगरी प्रत्यक्ष खुल्लातर्फ शुसील काफ्ले, माेतीचन्द्र चालिसे, दाेर्ण बन सन्यासी, हेमराज काेईराला, बेद प्रसाद गौडेल,ज्ञान प्रसाद खनाल विजयी भए । घनश्याम कंडेल र हाेमनाथ सापकाेटाकाे बराबर मत आएपछि गाेलाप्रथा निर्णय लिईने बताइएकाे छ ।

खसआर्य महिलामा देवी पाेखरेल विजयी भईन् ।त्यसैगरी खसआर्य खुल्ला तर्फ खगराज आचार्य र अन्‍नत कंडेल बिजयी भए । त्यसैगरी आदिवासी महिलातर्फ थम कुमारी महतो विजयी भईन् भने खुल्ला तर्फ तिल बहादुर चितौरे विजयी भए । दलित तर्फ प्रकाश परियार र अल्पसंख्यकमा बालुराम कुमाल विजयी भए ।

 

तपाईको प्रतिक्रिया