पाँचदिनमा गैँडाकोटमा ८९३ मतदाता थप (कुन वडामा कति ?)
सुस्मा न्यौपाने
नवलपुर । गैँडाकोट नगरपालिकामा पाँचदिनमा ८९३ जना नयाँ मतदाता थपिएका छन् । पौष ५ गतेदेखि जिल्ला निर्वाचन कार्यालय नवलपरासी (पूर्व)ले गैँडाकोट नगरपालिकामा सुरु गरेको फोटो सहितको मतदाता नामावली संकलनका क्रममा शनिवार सम्म ८९३ जनाले नाम दर्ता गराएका हुन् ।
हालसम्म गैँडाकोट नगरपालिका वडा नं. १,२,३,४,५ र ६ नम्बर वडामा स्थायी बसोबास गरेकाहरुले आफ्नो नाम दर्ता गराएका छन् । नाम दर्ता गराउन बाँकि रहेकाहरुले समेत नगरपालिका कार्यालयमा पुगी नाम दर्ता गराउन सक्ने जिल्ला निर...


