भूमिलाल पाैडेल 

नवलपुर ।  गत मंसिर १८ गतेदेखि नवलपुरको विनय त्रिवेणी-१, दुम्किवासवाट एकाईगत रुपमा सुरु भएको किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं साधारण सभा मंगलवार गैंडाकोटमा पनि सम्पन्न भएको छ । नगरको वडा नं। ४ मा रहेको गैंडाकोट एग्रोमार्ट परिसरमा एकाई नं ५ का लागि सम्पन्न संस्थाको साधारण सभामा अमरापुरी, हर्कपुर, मुकुन्दपुर, हिमचुली, सहज र विजयनगर सेवाकेन्द्रहरु सहभागि छन ।

किसान साकोसको २६ औं साधारण सभालाई सम्बोधन गर्दै गैंडाकोट नगरपालिका नगर प्रमुख छत्रराज पौडेलले किसान साकोसले स्थापना कालदेखि नै सहकारीका माध्यमबाट गैंडाकोट नगरपालिकालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा चिनाउन सफल भएकोमा आभार प्रकट गर्दै अव सहकारी संस्थाहरुले अर्थिक क्रियाकलाप मात्र नभई, उत्पादनको क्षेत्रमा पनि जोडिन आग्रह गर्नुभयो । उहाँले अव ’एक सहकारी – एक उत्पादन’ को अवधारणा अनुरूप सहकारीहरु अगाडी बढनुपर्ने धारणा राख्दै किसान साकोसले ’किसान मार्ट ’ का माध्यमबाट उत्पादनका क्षेत्रमा आगडी बढेकोमा खुसी व्यक्त गर्नुभयो । ’किसान’ नामै काफि भएकाले किसान साकोसले आगामी दिनहरुमा यहाँका किसान तथा मजदुरहरुको आर्थिक उन्नतीमा महत्वपूणर् भूमिका निर्वाह गर्न सकोस, – शुभकामना ।’ – नगरप्रमुख पौडेलको भनाई थियो ।

२६ औं साधारण सभामा आफ्ना भनाईहरू राख्दै संस्थाका अध्यक्ष श्रीहरिले सबै सेवाकेन्द्रहरुमा राखिएका सुझाव पेटिकाबाट प्राप्त हुन आएका सुझावहरुलाई संस्थाको आगामी स्मारिका विमोचन एवं रजत महोत्सवका अवसरमा सम्बोधन गरिने जानकारी दिंदै संस्था सफल हुनुमा कार्यसमितिका पदाधिकारी जत्तिकै सेयर सदस्यको जिम्मेवारी पनि महत्वपूणर् हुने धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष चालिसेले आगामी ५ वर्ष भित्रमा संस्थाले ४० वटा सेवा केन्द्रहरू सहित सेयर सदस्यहरूको संख्या २ लाख पुर्‍याउने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँले कोभिड १९ का वावजुद पनि गत आर्थिक वर्षमा संस्थाले आशातित सफलता हासिल गर्न सफल भएको बताउनु भयो ।

२६ औं साधारण सभामा किसान साकोसका सचिव अनिल सापकोटाले आर्थिक वर्ष २०७७र७८ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७८र७९ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सचिव सापकोटाको प्रतिवेदनमा गत आर्थिक वर्षमा संस्थाको कुल सेयर पुँजी २४ करोड ४० लाख ७४ हजार ५०० रहेकोमा यो आर्थिक वर्षमा ३१ करोड १५ लाख ६२ हजार एक सय पुर्‍याइएको उल्लेख छ । संस्थाले गत आर्थिक वर्षको तुलनामा १६। ०९ ५ कुल आम्दानी बृद्धि गरि २८ करोड २२ लाख ६७ हजार ३ सय ८७ रुपियाँ पुर्‍याएको सचिवको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।किसान साकोसले आगामी आर्थिक वर्षको अन्त्यमा सेयर पुँजी वढाएर ४२ करोड पुर्‍याउने लक्ष लिएको छ भने नगरको व्यवसायिक स्थानहरुमा सन्ध्याकालिन काउण्टरहरु पनि संचालन गर्ने जनाएको छ ।

यसैगरि २६ औं साधारण सभामा आर्थिक वर्ष २०७७र७८ को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७८र७९ को प्रस्तावित लक्ष्य तथा बजेट संस्थाका कोषाध्यक्ष प्रेम सापकोटाले प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष सापकोटाको प्रतिवेदनमा संस्थाको गत असार ३१ गतेसम्म नगद, बैंक मौज्दात, कर्जा लगानी र स्थिर सम्पत्ति सहित जम्मा २ अर्ब १० करोड ६३ लाख २१ हजार ७ सय ४४ रुपिया रहेको उल्लेख गरिएको छ । कोषाध्यक्ष सापकोटाको प्रतिवेदनमा किसान साकोसले यस वर्षमा विभिन्न शिर्षकहरुबाट २८ करोड २२ लाख ६७ हजार ३ सय ८६ रुपियाँ आम्दानी गरेको छ भने विभिन्न शिर्षकहरुमा १९ करोड ७७ लाख २९ हजार २९ रुपियाँ खर्च गरेको उल्लेख गरिएको छ ।

साधारण सभा समारोहमा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक चिन्तामणी कँडेलले प्रस्तुत गर्नुभएको थियो । समारोहमा जेष्ठ नागरिक, उत्कृष्ठ ब्यवसायि, उत्कृष्ठ बचततकर्ता, बालबचतकर्ता र संस्थाका उत्कृष्ठ कर्मचारीहरु छनोट गरि सम्मान एवं पुरस्किृत गरिएको थियो ।संस्थाको साधारणसभामा नेपालका विभिन्न सम्प्रदायका साँकृतिक भेषभुषा सहितका गीत र नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

सहज सेवा केन्द्रका संयोजक तिर्थराज रिमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको २६ औं साधारण सभा समारोहको संचालन सचिव अनिल सापकोटाले गर्नुभएको थियो । समारोह संस्थाका अध्यक्ष श्रीहरी चालिसेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया