×

नवलपुर विशेष

नवलपुरमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्यु

नवलपुरमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्यु
नवलपुर । बाघको आक्रमणमा परेर नवलपुरको मध्यविन्दुमा एक जना महिलाको ज्यान गएको छ ।मध्यविन्दु-१० स्थित सिसानीको सामुदायिक वनमा सालको पात टिप्न गएकी मध्यविन्दु-१२ बेलहानी बस्ने ३९ वर्षीय बारिसा सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता सागर पन्तले जानकारी दिएका छन । सालको पात टिप्न गएका सारुलाई बाघले आक्रमण गरेको स्थानीयले खबर पछि प्रहरी, स्थानीय र वनका कर्मचारी सहितको टोलि घटना स्थलमा पुग्दा सारुलाई मृत अवस्थामा फेला पारेको पन्तले बताए । मृतक सारुको शबको मुचु...

अवरुद्ध पुर्व पश्चिम महेन्द्र राजमार्ग सन्चालनमा

अवरुद्ध पुर्व पश्चिम महेन्द्र राजमार्ग सन्चालनमा
नवलपुर । मंगलबार राती देखि अवरुद्ध भएको पुर्व पश्चिम महेन्द्र राजमार्ग सुचारु भएको छ ।लागातारको झरिले कावासोतीको खरकट्टामा रहेको डाईभर्सनमा क्षती पुर्‍याए पछि अवरुद्ध सडक डाईभर्सन मर्मत गरेर आज दिउसाेबाट सन्चालनमा ल्याईएको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार राती देखि जाममा परेका सवारीलाई आलोपालो गरेर गन्तव्यमा पठाउने काम भै रहेको छ । डाईभर्सन मर्मतको काम भै रहेकाले सडक पुर्णरुपमा सन्चालनमा आउन भने समय लाग्ने प्रहरीले जनाएको छ । पुर्व पश्चिम सडक बिस्तारको...

३६ लाख मुल्य बराबरको अवैध ब्याट्री बोकेको ट्रक सहित तीनजना नवलपुरमा पक्राउ

३६ लाख मुल्य बराबरको अवैध ब्याट्री बोकेको ट्रक सहित तीनजना नवलपुरमा पक्राउ
नवलपुर । नवलपुरमा अवैध ब्याट्री बाकेको मालबाहक ट्रक सहित तीनजनालाइ प्रहरीले पक्राउ गरेको छ । पुर्वबाट पश्चिम जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख १५५२ नं. को ट्रकमा अवैध रुपमा लैँजादै गरिएको २४.१६० टन (पुराना कागजात नभएका ) ब्याट्री सहित तीनजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका वडा नं. २ का बर्ष २७ का प्रमोद राय, रौतहट परौवा नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४७ का निरज कुमार जैसवाल र सर्लाही मलङ्गवा नगरपालिका वडा नं. २ बस्ने बर्ष १८ का आकाश क...

सिरहामा बिहानैदेखि निषेधाज्ञा जारी

सिरहामा बिहानैदेखि निषेधाज्ञा जारी
जनकपुरधाम । जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि सिरहामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग लक्षित चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले बुधबारसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको हो । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि दुई दिनसम्म निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए । पूर्वमा बलान खोला, पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्ग...

मोबाइलको दुरुपयोग नगरौं भन्दै गैँडाकोटमा विद्यार्थीहरुको चेतनामुलक र्‍याली

मोबाइलको दुरुपयोग नगरौं भन्दै गैँडाकोटमा विद्यार्थीहरुको चेतनामुलक र्‍याली
नवलपुर । पछिल्लो समय विद्यार्थीहरु मोबाइलको कुलतमा फसेको भन्दै त्यसलाई न्यूनिकरण गर्ने उदेश्यले पूर्वि नवलपरासीमा  जनचेतनामुलक र्‍याली निकालिएको छ । नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिकामा रहेको गैँडाकोट ईङिलिस स्कुलका विद्यार्थीहरुले Say No To Mobile  भन्दै र्‍याली निकालेका हुन् । विद्यार्थीहरुले अहिले हामिलाई मोबाइलको आवश्यकता छैन ,मोबाईलको दुरुपयोग नगरौं भन्ने सन्देश मुलक प्ले कार्ड बोकेका थिए । गैँडाकोट नगरपालिका वडा नं. १ मा रहेको स्कुलको पहिलो ब्लकबाट दोस्रो ब्लकसम्म...

काँग्रेस नवलपुरकाे जिल्ला अधिवेशन पौष २७ गते हुने

काँग्रेस नवलपुरकाे जिल्ला अधिवेशन पौष २७ गते हुने
नवलपुर । नेपाली कांग्रेसको कार्यसमितिको निर्वाचन हुन बाँकी बाँकी १६ जिल्लाको अधिवेशन पुस २७ गते हुने भएको छ ।कांग्रेसको निर्वाचन समितिले सोमबार एक सूचना जारी गरी पुस २७ गते निर्वाचन गर्ने निर्णय भएको जानकारी गराएको हो । निर्वाचन समितिकाे निर्णय अनुसार नवलपुर जिल्लाकाे अधिवेशन समेत  पाैष २७ गते हुने भएकाे छ । कांग्रेसको केन्द्रीय महाधिवेशन भए पनि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलप...

चालू आर्थिक वर्षको पाँच महिनामा ५१ हजारले घुमे राष्ट्रिय निकुञ्ज

चालू आर्थिक वर्षको पाँच महिनामा ५१ हजारले घुमे राष्ट्रिय निकुञ्ज
नवलपुर ।चालू आर्थिक वर्ष २०७८(७९ को पाँच महिनामा ५१ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् ।निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गएको साउनदेखि मङ्सिर मसान्तसम्म ५१ हजार ३०४ जनाले निकुञ्जको भ्रमण गरेका छन् । यस वर्ष कात्तिकमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । कात्तिकमा २१ हजार ५०६ जनाले निकुञ्जको भ्रमण गरेका तिवारीले बताउनुभयो । त्यस्तै मङ्सिरमा १९ हजार ८०, असोजमा पाँच हजार ८३५, भदौमा दुई हजार ९७७ तथा...

पारिजात टोल विकास संस्था गैँडाकाेट ५ मा नयाँ नेतृत्व ( नाम सहित )

पारिजात टोल विकास संस्था गैँडाकाेट ५ मा नयाँ नेतृत्व ( नाम सहित )
गैंडाकोट । पारिजात टोल बिकास गैँडाकाेट ५ काे  तेस्रो अधिवेशनले अर्जुन शर्मा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति  चयन गरेको छ । समितिकाे उपाध्यक्षमा बेद प्रसाद गौतम , सचिवमा भिमा देवकोटा सापकोटा ,कोषाध्यक्षमा कमला बसौला रहनुभएको छ । त्यसैगरी सह सचिवमा सरस्वती अधिकारी र सह- कोषाध्यक्षमा तारा शर्मा (सापकोटा) निर्बिरोध निर्वाचित हुनुभएको छ । सदस्यहरुमा केशब भट्टराई ,बालकृष्ण भट्टराई,दामोदर तिवारी(ख),पुष्पराज भुसाल ,ऋषिराम सापकोटा,अमृता बि क,तारानाथ सापकोटा निर्वाचित हुनुभएको छ । ...

नारायणी माविले मनायो ४३औं वार्षिकोत्सव

नारायणी माविले मनायो  ४३औं वार्षिकोत्सव
नवलपुर । गैँडाकोटमा रहेको श्री नारायणी माध्यमिक विद्यालयको ४३औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह शनिवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा नगर उप प्रमुख विष्णुकुमारी कँडेल सापकोटा विशेष अतिथि रहनु भएको थियो । कार्यक्रमका विशेष अतिथिसमेत रहनुभएका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बालकृष्ण चापागाईँले विद्यालयको प्रगतिमा सबैको प्रतिवद्धताले काम गर्ने भएकोले विद्यालयको शैक्षिक स्तर उका...