नवलपुरमा ११ हजार बढी मतदाता थपिए, सबैभन्दा बढी गैँडाकोटमा
सुस्मा न्यौपाने
नवलपुर।जिल्ला निर्वाचन कार्यालय नवलपरासी (पूर्व)ले सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली सङ्कलन अभियानका क्रममा ११ हजार ३ सय २५ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् ।कार्यालय प्रमुख लालप्रसाद भूसालका अनुसार गत मङ्सिर १७ गतेदेखि पुस १९ गतेसम्म सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत ११ हजार ३ सय २५ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
अभियान अन्तर्गत गैँडाकोट नगरपालिकामा २ हजार ९ सय २३ जना, देवचुली नगरपालिकामा १ हजार ६ सय ७७, मध्य...


