गैँडाकोट । गैंडाकोट । गैंडाकोट नगरपालिकामा कोभिड १९ विरुद्धको एष्ट्राजेनिका कोभिशिल्डको पहिलो मात्रा लगाएको ८ हप्ता पुरा भएका व्यक्तिहरुलाई दोस्रो खोप लगाईने भएको छ । आउँदो पौष २५ गते र २६ गते विभिन्न स्थानबाट खोप लगाईने गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो ।
गैंडाकोट १, ३, ४, ६, ७, ९, १२, १३, १४ र १७ का नगरवासीले हरेक वडामा रहेका आधारभुत स्वास्थ्य केन्द्रबाट खोप लगाउन सक्नेछन् । त्यस्तै गैंडाकोट २ को श्रीराम पार्टी प्यालेस, ५ को गैंडाकोट स्वास्थ्य चौकी, ८ को आयुर्वेद औषाधालय, १० र ११ को गैंडाकोट नगर अस्पताल, १५ को वडा कार्यालय भवन, १६ को अमरापुरी स्वास्थ्य चौकी तोकिएको छ ।
गैंडाकोट १८ बासीहरुले भने गैंडाकोट नगर अस्पताल, वडा नम्बर १४ मा रहेको आधारभुत स्वास्थ्य केन्द्र र अमरापुरी स्वास्थ्य चौकी गरि तीन स्थानबाट लगाउन सकिने छ । पहिलो खोप नलगाएकाहरुलाई जोनसोन खोप लगाउने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया