नवलपुर।माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेले नवलपुरकी लिला थनेतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गण्डकी प्रदेशभरिवाट ३ जना उम्मेदवार चाहिनेमा नेकपा एमालेले थनेत सहित ९ जनाको नाममा निर्णय गर्दै केन्द्रमा सिफारिस गरेको हो ।

उनी महिला क्लष्टरबाट सिफारीसमा परेकी हुन् । पार्टीले थनेत सहित महिला क्लस्टरका लागि कास्कीकी मीनाकुमारी गुरुङ र गोरखाकी सम्झना देवकोटालाई पनि सिफारीस गरेको छ ।एमाले गण्डकी प्रदेश कमिटि बैठकले प्रारम्भिक निर्णयमा ९ जना सिफारीस गरेपनि भोलि सोमवार बस्ने प्रदेशको अर्को बैठकले आवश्यक संस्या ३ जना मात्रै केन्द्रमा सिफारीस गर्ने जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि २० गते मंगलवार मनोनयन दर्ता गराउनुपर्नेछ ।नाम सिफारिस हुनेमा दलिततर्फ बागलुङका गोविन्दबहादुर नेपाली, गोरखाका कृष्ण नेपाली र मनाङकी शान्तिमाया परियार छन् ।यस्तै, खुलातर्फबाट कास्कीका पुण्यप्रसाद पौडेल, बागलुङका दिलबहादुर थापा र गोरखाका प्रेम गुरुङ सिफारिस भएका छन् ।

तपाईको प्रतिक्रिया