नवलपुर । देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा खिमानन्द भुसाल पुन: निर्वाचित भएका छन् । खानेपानी संस्थाको आठौं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार भुसालले नेपाली काङ्ग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका उम्मेदवार नारायणप्रसाद पौडेललाई पराजित गरेका हुन् ।
भुसालले कुल ५ सय ५९ मतान्तरले पौडेललाई पराजित गरेका हुन्। भुसालले २ हजार ४ मत प्राप्त गर्दा पौडेलले १ हजार ४ सय ४५ मत प्राप्त गरे। यसैगरि सचिव पदमा संयुक्त गठबन्धनका इन्द्रमणी भुसालले नतिजा आफ्नो पक्षमा पारे ।
उनउले कुल १ हजार ६ सय ९९ मत ल्याई आफ्ना निकटतम प्रतिद्वन्द्वी सूर्यप्रसाद न्यौपानेलाई २१ मतान्तरले हराए । सचिवका उम्मेदवार दवाडीले १ हजार ६ सय ७८ मत ल्याए । लेखा समिती संयोजकमा रत्ना भुसाल १ हजार ८ सय ६ मतका साथ बिजयी भईन । उनका निकटतम लिलाधर अधिकारी १ हजार ५ सय ५३ मत ल्याए । लेखा महिला सदस्य पदमा गीताकुमारी रिजाल न्यौपाने बिजयी भइन ।
उनले १ हजार ७ सय ६८ मत ल्याउँदा अर्का उम्मेदवार सरस्वती चापागाईंले १ हजार ५ सय ९५ मत ल्याए। अर्का लेखा शंकरबहादुर नेपालीले १ हजार ६ सय मत प्राप्त गरे।
यसैगरि खानेपानी संस्थाको ब्लक नं १ मा सीतादेवी पान्डे९२२१० लाई हराउँदै लक्ष्मी तिवारी९ ३२७० मत ल्याएर बिजयी भइन। ब्लक २ मा रमा भट्ट दवाडीले ९६९० मत ल्याउँदा टोपबहादुर न्यौपानेले २ सय ७८ मत ल्याएर निर्वाचित भए। यसैगरी ब्लक ३ मा चन्द्रकान्त भुसाल९१९५०लाई हराउँदै नन्दुलाल धिताल९३२९०, ब्लक ४ मा दुर्गाकुमारी रेग्मी९१९८० लाई हराउँदै दीना पराजुली९२२९०,ब्लक मं ५ मा सागर भण्डारी९९५०लाई हराउँदै गुणा भण्डारी९१५४०, ब्लक ६ मा लिलाबल्लभ भुसाल९७१० लाई हराउँदै ओमप्रसाद सारु९१६३० मत ल्याएर बिजयी भए । खानेपानी संस्थाको ब्लक नं ७ मा कृष्णा ढकाल९१८५० लाई हराउँदै दुर्गादेवी विष्ट९ १९६०, ब्लक ८ मा रामबहादुर गुरुङ्ग९१५६० लाई हराउँदै कृष्णकुमार श्रेष्ठ ९१९७० र ब्लक ९ मा जसबहादुर लुंगेली ९१३६० लाई हराउँदै जसबिर पुलामी९१७०० मत ल्याएर खानेपानीको कार्यसमितिमा निर्वाचित भए।