गैंडाकोट । भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको नवनिर्मित भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले समुद्घाटन गर्नुभएको छ । नगरको वडा नं। ४ मा रहेको संस्थाको नवनिर्मित भवनको मुख्यमन्त्री नेपालीले शनिवार एक समारोहका बीच रिवन काटेर गर्नुभएको हो ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री नेपालीले भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाले सम्पूर्ण भूपू सैनिकहरुका निम्ति उदाहरणिय, अनुकरणनिय र प्रेरणादायि कार्य गरेको वताउनुभयो । उहाँले नेपाललाई विदेशमा चिनाउने यदि कोही छ भने त्यो भूप सैनिक नै भएको चर्चा गर्दै नेपालमा आधुनिकता ल्याउनुमा भूपू सैनिकको सवैभन्दा बढी योगदान रहेको वताउनुभयो । नेपालमा झुलाबाट आगो बाल्ने समयामा सलाई, लाइटर र रेडियो लगायतका सामानहरू भित्र्याउने कार्य भूपु सैनिकले गरेको सम्झदै मुख्यमन्त्री नेपालीले नेपालमा राणाशासन विरोधी आन्दोलनमा भूपू सैनिकको ठूलो योगदान भएको चर्चा गर्नु भयो ।

संस्थाको नवनिर्मित ३ तले भवन निर्माणमा संस्थाले ७२ लाख रुपिया लगानी गरेको छ । २०७४ सालमा सिलान्यास गरिएको संस्थाको भवनमा भूपू सैनिक जनकल्याणकारी संस्था सहित स्वतन्त्र भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लि। र भू पू सैनिक महिला समुहको कार्यालय रहने जनाईएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैंडाकोट नगरपालिकाकी उपमेयर विष्णु कुमारी कँडेलले भूपू सैनिक जनकल्याणकारी संस्थाले भवन निर्माण गरेर भूपू सैनिकहरुको निम्ति चौतारी बनाएको बताउनुभयो । उहाँले हामी नगरमा निर्वाचित भएर आएपछि यो संस्थालाई सबै क्षेत्रमा परिचालन गर्न सकेको भए नगरको विकासमा ठूलो फड्को मार्न सकिने सम्भावना रहेको आँकलन गर्नुभयो ।

यसै गरि वडा नं। ४ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेले भूपू सैनिक संघमा दुईवटा संस्था भएको बुझिएकोले नेपाली माटोकालागि योगदान दिएका दुवै संस्थाहरु एक भएर आएमा नगर र वडाले दिने सहयोगमा सहजता हुने वताउनु भयो । उहाँले प्रत्येक वर्ष वर्षातको समयमा नं। ४ का विभिन्न भागहरू डुवानमा पर्ने समस्या भएकोले यो समस्या समाधानका लागि पहल गरिदिन मुख्यमन्त्री नेपालीको ध्यानाकर्षण गराउनुभयो ।वडा अध्यक्ष न्यौपानेको जिज्ञासालाई सम्बोधन गर्दै मुख्यमन्त्री नेपालीले आगामी बजेटमा यो समस्या समाधान गर्ने गरि डिपिआर तयार गरेर शहरी तथा ढल निकस मन्त्रालयसँग समन्वय गरिने आश्वासन दिनु भएको थियो ।

समारोहमा संस्थाका अध्यक्ष गुरबहादुर थापा, निवर्तमान अध्यक्ष तथा सल्लाहकार समितिका अध्यक्ष नरेन्द्र बहादुर खड्का र संस्थापक अध्यक्ष दिलबहादुर अधिकारीले संस्था को बारेमा जानकारी गराउनु भएको थियो ।सो समारोहमा भवन निर्माणका लागि सहयोग गर्ने उत्कृष्ट चन्दादाताहरूलाई मुख्यमन्त्री नेपालीले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

संस्था की शिक्षा संयोजक फुलमाया पराजुलीको स्वागत मन्तब्य रहेको भवन उद्घाटन समारोहको अध्यक्षता संस्थाका अध्यक्ष गुरबहादुर थापाले गर्नु भएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव तर्कबहादुर थापाले गर्नु भएको थियो । भूमीलाल पौडेलबाट

तपाईको प्रतिक्रिया