सुजन अधिकारी
गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ५ मा रहेको इन्द्रेणी टोल बिकास समितिको ५औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन आज संस्थाकै कार्यलय परिसरमा पुनः ख्याम नारायण पराजुलीलाई अध्यक्ष पदमा चयन गर्दै सम्पन्न भएको छ ।

गैंडाकोट नगरपालिका वडा नम्बर ५ का वडाका अध्यक्ष नवराज कंडेलको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कंडेलले वडाको विकासका लागि आवश्यक सहयोग गर्ने र सम्पूर्ण वडावासीको सक्रिय सहभागितामा मात्रै वडा समुन्नत हुने बताउदै इन्द्रेणी टोल नमूना टोलका रुपमा स्थापित हुदैं वडालाई समृद्ध वडा बनाउन लागि परेकोमा आगामी दिनमा पनि यसै गरि सहयोग गर्नको लागि समेत उन्ले आग्रह गरे ।

कार्यक्रमका बिशेष अतिथि टोल बिकास संजालका अध्यक्ष थानेश्वर रिजालले ५ नम्बर वडामा रहेका सम्पूर्ण टोलहरु र महिला समुह समेतको वडा बिकासमा भैरहेको प्रगतीलाइ उत्कृष्ट भन्दै प्रसंशा गर्दै टोल विकासले टाडिएको मनहरुलाई एक ठाउँमा ल्याउन,गरिबी न्युनिकरण गर्न, र अपराधिक क्रियाकलाप हुनबाट जोगिन महत्वपुर्ण भुमिका खेलेको बताय । इन्द्रेणी टोल विकासले गरेका कार्यको उच्च मुल्याङकन गरिरहेको बतायका थिय । कार्यक्रममा टोल बिकास सस्था का पुर्व अध्यक्ष यमबहादुर कार्की लगायत तिलक काफ्ले,तुलसी रिमाल,शिव कंडेल,लक्ष्मी अधिकारी,बसन्ती श्रेष्ठ लगायत अतिथि रहेका थिय ।

ूसंस्थाले टोल विकास संस्थाभित्र विकासका कार्यक्रमहरु पहिचान गरि वडा तथा नगरपालिकामा जानकारी गराउने, नियमित सरसफाई, बिजुलीका पोलमा वत्तीको व्यवस्था,टोल विकास संस्थाको क्षेत्र भित्रका ढलहरु मर्मत संभार,बाटो ग्राबलिङ, टोल भित्र रहेका ज्येष्ठ नागरिक लाई सम्मान,विपन्न वर्गलाई आर्थिक सहयोग ,समाजमा देखिएका विकृति विसंगतीहरु हटाउन जनचेतना जगाउने लगायत महत्वपूर्ण कार्य गर्दै आएको जानकारी दिदै टोलका अध्यक्ष ख्याम नारायण पराजुलीले स्वागत मन्तव्य दिएका थिय । ५ औं साधारणसभा एवं तेस्रो अधिबेशनमा टोल भित्र रहेका ज्येष्ठ नागरिक, एसइइ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान र टोल बिकास सस्थाको कार्यलय स्थापना गर्न महत्त्वपूर्ण योगदान गर्ने लाई सम्मान समेत गरिएको थियो ।
साथै तेस्रो अधिबेशनले पुनः ख्याम नारायण पराजुलीको अध्यक्षता मा नयाँ कार्य समिती बनायको छ । जस्को उपाध्यक्ष बिस्णु राना,सचीव टेकबहादुर कार्की,सह सचिब शान्ति क्षेत्री,कोषाध्यक्ष बसन्ती श्रेष्ठ ,र सर(कोषाध्यक्ष नारेश्वर लामिछाने लगायत रहेका छन् । साथै सोही अधिबेशनले लक्ष्मी के।सिको सम्योजनमा जमुना शर्मा र गणेश बहादुर थापा सहितको लेखापरीक्षण समिति गरेको छ । उक्त कार्यक्रमको सहजीकरण सस्थाका सचीव टेकबहादुर कार्कीले गरेका थिय ।

तपाईको प्रतिक्रिया