गैंडाकोट । नेपाल दशनामी समाज गैँडाकोटको चौंथो साधारण सभा तथा तेस्रो अधिवेशन आज सम्पन्न भएको छ आइतबार भएको अधिवेशन मार्फत अध्यक्षमा पुनः टिकाराम बन चयन हुनुभएको छ ।तीन उपाध्यक्षमा खेमप्रसाद बन, भगवान पुरी र गोमा बन चयन हुनुभएको छ ।त्यस्तै सचिवमा सिता गिरी, कोषाध्यक्षमा गौमा गिरी र सह–सचिवमा माधव वन चयन हुनुभएको छ ।

सदस्यहरुमा विजया वन र गोमा गिरी चयन हुनुभएको छ ।साधारण सभा कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल दशनामी समाजका केन्द्रीय सदस्य तुलसी गिरीले संगठनलाई बचाई राख्न अब आउने पुस्ताहरुलाई पनि सक्रिय बनाई अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रम टिकाराम बनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया