नवलपुर । पछिल्लो समय विद्यार्थीहरु मोबाइलको कुलतमा फसेको भन्दै त्यसलाई न्यूनिकरण गर्ने उदेश्यले पूर्वि नवलपरासीमा जनचेतनामुलक र्याली निकालिएको छ । नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिकामा रहेको गैँडाकोट ईङिलिस स्कुलका विद्यार्थीहरुले Say No To Mobile भन्दै र्याली निकालेका हुन् ।
विद्यार्थीहरुले अहिले हामिलाई मोबाइलको आवश्यकता छैन ,मोबाईलको दुरुपयोग नगरौं भन्ने सन्देश मुलक प्ले कार्ड बोकेका थिए । गैँडाकोट नगरपालिका वडा नं. १ मा रहेको स्कुलको पहिलो ब्लकबाट दोस्रो ब्लकसम्म विद्यार्थीहरु जनचेतनामूलक प्ले कार्ड सहित र्यालीमा सहभागि भएका थिए ।
कोभिड १९ का कारण विद्यालयहरु बन्द रहेको अवस्थामा अनलाईन मार्फत पढाई गर्दा विद्यार्थीहरुले मोबाइलकाे प्रयोग गर्ने गरेको र सो क्रममा मोबाइलको लत विद्यार्थीहरुमा बसेको भन्दै अविभावहरु गुनासो गरेपछि विद्यालयले मोबाइलको दुरुपयोग नगरौं भन्ने सन्देश दिन विद्यालयमा एक महिनासम्म चेतनामूलक पर्चा पम्पलेट समेत टाँसेको थियो ।
विद्यालयका प्राचार्य हिरालाल अर्यालले अविभावकहरुको गुनासो आएपछि साना बाबुनानीहरुलाई मोबाईलको कुलतबाट छुटाउनको लागि उनिहरुकै नेतृत्वमा चेतनामूलक र्यालीको आयोजना गरिएको भन्दै यसले विद्यार्थीहरुलाई मोबाइलको दुरुपयोग गर्नुहुँदैन भन्ने नैतिक दवाव परेको बताउनुभयो ।
कक्षा १ देखि ३ सम्मका ३०० जना विद्यार्थीहरु र्यालीमा सहभागि थिए । गैँडाकोट नगरपालिकाको पहिलो बालमैत्री विद्यालयका रुपमा परिचित गैँडाकोट ईङिलिस स्कुलले विद्यार्थीहरुलाई नयाँ नयाँ तवरबाट ज्ञान आर्जन गर्ने तरिका समेत सिकाउँदै आएको छ ।