नवलपुर । बाघको आक्रमणमा परेर नवलपुरको मध्यविन्दुमा एक जना महिलाको ज्यान गएको छ ।मध्यविन्दु-१० स्थित सिसानीको सामुदायिक वनमा सालको पात टिप्न गएकी मध्यविन्दु-१२ बेलहानी बस्ने ३९ वर्षीय बारिसा सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता सागर पन्तले जानकारी दिएका छन ।

सालको पात टिप्न गएका सारुलाई बाघले आक्रमण गरेको स्थानीयले खबर पछि प्रहरी, स्थानीय र वनका कर्मचारी सहितको टोलि घटना स्थलमा पुग्दा सारुलाई मृत अवस्थामा फेला पारेको पन्तले बताए । मृतक सारुको शबको मुचुल्का सकेर पोस्टमार्टमका लागी मध्यविन्दु जिल्ला अस्पताल ल्याईएकाे पन्तले जानकारी दिए ।

यस अघि पनि वन क्षेत्रमा बाघ देखिएको भन्दै त्रिवेणी गाउँपालिकाले केही दिन अगाडी एक सुचना मार्फत वन क्षेत्रमा नजान स्थानीयलाई अनुरोध गरेको थियो ।

तपाईको प्रतिक्रिया