नवलपुर । किसान बचत तथा ऋण सहकारी संस्था नवलपुरको २६औं साधारणसभा निर्णय पुस्तिका प्रमाणित कार्यक्रम एवंम् रजत वर्ष सम्मान कार्यक्रम शनिवार हुँदैछ ।गत मंसिर १८ गतेबाट सुरु भएको २६औं साधारणसभा अन्तर्गत शनिवार समापन सहित निर्णय पुस्तिका प्रमाणित कार्यक्रम एवंम् रजत वर्ष सम्मान कार्यक्रम गर्न लागिएको हो ।
किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले गैँडाकोट नगरपालिका वडा नं. ४ मा रहेको फेम्ली क्याफेमा विहान ११ वजेपछि कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।निर्णय पुस्तिका प्रमाणित कार्यक्रम एवंम् रजत वर्ष सम्मान कार्यक्रममा शनिवार विभिन्न विधामा पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।
हरेक तीन तीन वर्षमा दिईने किसान राष्टिय पुरस्कार सहकारी विद् तथा पूर्व गृह राज्यमन्त्री दिपक प्रकाश बास्कोटालाई दिइने कार्यक्रम छ । उक्त पुरस्कारको राशी ५१ हजार नगद सहित दोसल्ला र सम्मानपत्र छ । पुर्वि नेपालको पाँचथर स्थित रानीटारमा जन्मनुभएका बास्कोटा सहकारीको क्षेत्रमा परिचित नाम हो ।
त्यसैगरी किसान बचतले शनिवार नै स्थापनाकालका ३२ जना सदस्यहरुलाई रजत वर्षको अवसरमा सम्मान गर्दैछ भने चारजना पूर्व अध्यक्ष, स्थापनाकालका व्यवस्थापक एकजना, पूर्व प्रमुख कार्यकारी अधिकृत एकजना, सर्वोत्कृष्ट वर्ष कर्मचारी एकजना, विभिन्न विधामा उत्कृष्ट कर्मचारी ६ जनालाई सम्मान गर्ने कार्यक्रम छ ।मुकुन्दपुर सेवाकेन्द्र (सर्वोत्कृष्ट ) ,अरुणखोला सेवाकेन्द्र ( उत्कृष्ट) समृद्धि सेवाकेन्द्र भरतपुर( उत्कृष्ट) सेवाकेन्द्रको रुपमा सम्मान गर्ने कार्यक्रम रहेको छ भने उत्कृष्ट कारोबार गर्ने सेवाकेन्द्रको रुपमा कुनाको सेवाकेन्द्रलाई सम्मान गरिदै छ ।
त्यसैगरी सेवाकेन्द्र संयोजक सम्मान एकजनालाई, सञ्चालक सम्मान एकजनालाई, उपसमिति सदस्य सम्मान एकजनालाई तथा एम्वुलेन्स खरिदमा सहयोग गर्ने ४२ जना दाता र एम्वुलेन्स चालकलाई समेत सम्मान गर्ने कार्यक्रम छ । रजतवर्षको अवसरमा किसान परिवारसँग जोडिएका सबै कर्मचारीहरुलाई प्रशंसापत्रले सम्मान गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष श्रीहरी चालिसेले बताउनुभयो ।
उहाँका अनुसार शनिवार नै किसान रजत स्मारिका २०७८ काे समेत विमाेचन गर्ने कार्यक्रम छ । तवर्ष मनाउनु पर्ने रजत महोत्सव कोरोना भाईरस (कोभिड १९) का कारण यसवर्ष मनाउन लागिएको हो । विस २०५२ साल असार १५ गते स्थपना भएको किसान बचत तथा ऋण सहकारी संस्थामा झण्डै ७५ हजार सदस्यहरु आवद्ध छन् भने ३ अर्व १० करोड बराबरको सम्पती किसानसँग छ ।