गैँडाकोट । सामाजिक सञ्जाल मार्फत महिलालाई अश्लिल भिडिओ देखाएको आराेपमा नवलपुरको गैँडाकोटमा एकजना पक्राउ परेका छन् ।
गैँडाकोट नगरपालिका वडा नं. २ का ३८ वर्षका राम पौडेललाई महिलाको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।
महिलाले उनको बारेमा उजुरी दिएपछि मसिंर १९ गते पक्राउ गरेर पौडेलमाथी अनुसन्धान सुरु गरिएको हो । उनिमाथी अभद्र व्यवहार मुद्धामा अनुसन्धान भैरहेको प्रहरीस्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया