गैँडाकोट।नेकपा एमालेले गैँडाकोटको वडा नं. २ मा लामो समयदेखि नेतृत्व छनौट गर्न नसक्दा पार्टि कमजोर बन्ने देखिएको छ ।नगरका अन्य सबै वडाहरुमा नयाँ नेतृत्व आएपनि वडा नं. २ मा नगरकमिटिले नयाँ नेतृत्व दिन सकेको छैन।अधिवेशन हुनुपुर्व छिनोफानो गर्नुपर्ने वडाको नेतृत्व नेताहरुको बेवास्ताका कारण छनौट हुन ढिलाई भएको हो । कार्तिक ६ गते सकिनुपर्ने वडा अधिवेशन हालसम्म सकिएको छैन ।

निर्वाचन कार्यालयले गैँडाकोटमा पौष ५ गतेदेखि नयाँ मतदाता नामावली संकलनको लागि भन्दै टोलि खटाउन लागेको छ तर गैँडाकोटको वडा नं. २ मा एमाले नेतृत्व विहिन हुँदा छुटेका आफ्ना मतदाताहरुको नामावली दर्ताका लागि कसले चासो लिने भन्नेमै अन्यौलता छ ।युवानेताहरु भूमिश्वर भूसाल (राजु) र देशबन्धु सिग्देलले अध्यक्ष पदमा आफु नै हुनुपर्ने भन्दै अडान कायम राखेपछि त्यसबेलादेखि सो वडामा नयाँ नेतृत्व चयनको काम हुन सकेको छैन ।

एमाले गैँडाकोटका उपाध्यक्ष नवराज कंडेलले वडा नं. २ को नेतृत्वको टुुंगो चाडै लाग्नुपर्ने बताउनु भयो । मैले अध्यक्षलाई यसबारेमा पटक पटक भनेको छु उपाध्यक्ष कंडेलले भन्नुभयो : वडामा नेतृत्व विहिन तवरले बस्नु राम्रो हैन ।

तपाईको प्रतिक्रिया