फर्जी बाबु बनाउन खोज्दा भरतपुर ५ का वडा अध्यक्ष सहित १० जना कानुनी दायरामा
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारवाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणी सुवेदीसहितलाई फर्जी बुबा बनाएको भन्दै कार्यालयले कारवाहीको दायरामा ल्याएको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार वडा नम्बर ५ की स्वस्तिका मल्लले बुबा इन्द्रबहादुर मल्ल र आमा मिरा शाह बनाएर नागरिकता लिन लागेपछि अनुसन्धान शुरु गरिएको हो । छोरीको जन्म मिति विसं २०५७ असोज १ गते र बाबु आमाको विवाह दर्ता विसं। २०६२...


