
चितवन । प्रहरीलाई अभद्र व्यवहार गर्ने ४ जना चितवनमा पक्राउ परेका छन् । उनिहरु भरतपुर ७ टाईगरचोकबाट पक्राउ परेका हुन् ।
गत २२ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा सोधपुछ गर्दा उनिहहरुले अभद्र व्यवहार गरेका थिए ।
बेलुकी अन्दाजी १० बजेको समयमा बा ७ च ९६४९ नम्बरको कारमा सवार उनिहरुले प्रहरीलाई गाली गलौज तथा हातपात समेत गर्न खोजेको प्रहरीको भनाई छ ।
पक्राउ पर्नेमा भरतपुर ११ का २६ बर्षिय को अर्जुन लामिछाने, ११ कै ३९ बर्षिय कृष्ण प्रसाद पौडेल, वडा नम्बर १२ का २७ बर्षिया प्रमिला थपलिया र राप्ती – ४ भण्डाराकी २२ बर्षिया रिया घर्ति छन् ।
नियन्त्रणमा लिने क्रममा निजहरुले आर्थिक प्रलोभन समेत दिन खोजेको प्रहरीले उल्लेख गरेको छ । पक्राउ परेकाहरु उपर अनुसन्धान जारी छ ।